माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले नयाँ सरकार गठन र सातबुँदे सहमतिका विषयमा संचारमाध्यम र विभिन्न दलका नेताहरुबाट भइरहेको टीकाटिप्पणीको खण्डन गरेका छन्।
राजधानीमा मंगलबार राप नामक कविता संग्रह विमोचन गर्दै नेता पुनले कांग्रेस लगायतका दलले माओवादी-एमालेबीचको सहकार्यलाई अपवित्र गठनबन्धनको आरोप लागिरहेका बेला उनले आफूहरु कांग्रेससँग पनि सहकार्य गर्न तयार रहेको बताए। नेता पुनले सातबुँदे सहमति बिस्तृत शान्ति सम्झौता विपरित भएको भन्ने आरोप पनि खण्डन गर्दै सेना समायोजनका विषयमा आफुहरु खुल्ला रुपमा छलफल गर्न तयार रहेको स्पष्ट पारे।
नेता पुनले राजनीतिक अस्थिरता लम्ब्याउने षड्यन्त्रलाई चिर्न तथा देश र जनतामाथिको जिम्मेवारी बोधलाई मनन गर्दै आफूहरुले प्रधानमन्त्री निर्वाचनबाट उम्मेदवारी फिर्ता लिएको बताए। उनले जनताको स्वविवेकबाट सरकार गठन गर्न सफल भएको बताउँदै यसले नेपाली राजनीतिक दलहरु सक्षम र स्वाभिमानी छन् भन्ने कुरा विश्व समुदाय प्रष्ट भएको समेत दाबी गरे। नेता पुनले एमालेले अहिलेसम्म कुनै मन्त्रालय माग नगरेको पनि जानकारी गराए। एमालेलाई सहमतिमा प्रतिबद्ध हुन समेत उनले आग्रह गरेका छन्।।
No comments:
Post a Comment
kushmabajar.blogspot.com