कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीमा माओवादी अन्य दलसँगको सहकार्य टुटेको घोषणा


फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका नरबहादुर गुरुङको घरमा भएको चोरीको घटनाका बारेमा अन्य राजनैतिक दलका प्रतिनिधिहरूले अनावश्यक आरोप लगाएको भन्दै सनिबार एकिकृत नेकपा माओबादी म्याग्दीले आगामी दिनमा कुनैपनि सहकार्य नगर्ने घोषणा गरेको छ ।
१६ औ शहिद सप्ताहको अवसरमा जनयुद्धका क्रममा मृत्यु भएकाको परिवारलाई सम्मान कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला इर्न्चाज मित्र शण शर्माले सहकर्मी राजनितिक दलसँग सहकार्य हुन नसक्ने भन्दै शनिबार जिल्ला स्तरीय र्सवदलीय संयन्त्रबाट बाहीरिएको घोषणा गर्नुभएको हो ।
शुक्रबार अन्य राजनितिक दलले फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका नरबहादुर गुरुङको घरमा भएको चोरीको घटनालाई जोडेर माओवादीले संस्थागत चोरी, डकैटी गरेको भन्दै प्रेस विज्ञप्ती मार्फ ध्यानाकर्षा गराएपछि प्रतिक्रिया स्वरुप माओवादीले शनिबार उनीहरुसँग सहकार्य नगर्ने बताएको हो ।
पार्टि कार्यालयमा जिल्लार् इञ्चार्ज शर्माले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा यथास्थितिबादी र प्रतिगामीहरूले बर्ग संर्घषको नयाँ मोर्चा बनाएकाले दलले लगाएको आरोपको आत्मआलोचना नगरेसम्म जिल्लाका कुनैपनि बिषयमा सहकार्य नर्गने उल्लेख गरिएको छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि संयन्त्र गठन हुँदा कुनै पनि राजनितिक दलभित्र अनुचित काम भएको पाईएमा त्यसलाई पहिले संयन्त्रमा छलफल गरेर बाहीर ल्याउने भनि भएको सहमति नेपाली काँग्रेस, एमाले, एकिकृत, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टि राप्रपाले उल्लङघन गरेकाले सहकार्य नगर्ने भन्दै नजिकदै गरेको जिल्ला परिषद लगायतका विषयमा समेत कुनै छलफल नगर्ने घोषणा गरेका हुन्

No comments:

Post a Comment

kushmabajar.blogspot.com