कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कुश्मावजारमा संचालित महोत्सवको अवधि आज सोमबार १ दिन थप


 धौलागिरी अचलको पर्यटन उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यले फागुन १६ गतदेखि पर्वतको सदरमुकाम कुश्मावजारमा संचालित महोत्सवको अवधि आज सोमबार १ दिन थप गरिएको छ । फागुन १६ गतेदेखि २२ गतेसम्म संचालन गर्ने भनिएता पनि नेपाली राजनीतिका शिर्ष पुरुष तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले समापन कार्यक्रम रोकिएपछि १ दिन थप गरिएको हो । आइतवार हुने भनिएको समापन कार्यक्रम मंगलवार गरिने भएको छ ।
महोत्सवका आकर्षणका रुपमा रहेका विभिन्न्ा प्रतियोगितात्मक कार्यक्रमका फाईनल खेलहरु बाँकी रहेकाले महोत्सवको अवधि थप गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा १ सय वटा स्टलहरु राखिएका छन् । स्टलहरुमा विक्तिय संस्था अटो मोवाईल कृषि शैक्षिक सुचना प्रविधि तथा अन्य उपभोग्य सामाग्री रहेका छन् । २ करोडको कारोबार गर्ने अपेक्षा गरेपनि अपेक्षीत परिणाम आउन नसक्ने देखिएको छ । महोत्सवको छैटौ दिन सम्ममा १ करोडको कारोबार हुनुका साथै १ लाख दर्शकले महोत्सवको अबलोकन गरेको आर्थिक उपसमितिका संयोजक विषमकुमार श्रेष्ठले बताएका छन् ।
महोत्सव अबलोकनका लागि पश्चिमाचलका विभिन्न जिल्लाबाट दर्शकहरुको ओईरो लागेको छ । अहिलेसम्म ८० हजार भन्दा बढि टिकट विकि्र भैसकेको मुल संयोजक होमनारायण श्रेष्ठले जानाकारी दिनुभयो । अपेक्षा गरेअनुसारको परिणाम हात पार्न सफल हुने दावी उहाको छ । महोत्सवबाट भएको आम्दानीले समग्र पर्वत तथा धौलागिरी अचलको पर्यटकीय विकासका निम्ती खर्च गरिने बताइएको छ ।
आईतबार भलिबल प्रतियोगिता बाहेक अन्य कार्यक्रमहरु संचालन भएनन् । अाचलमै पहिलोपटक ठुलो पुरस्कार राशीको प्रतियोगिता भएकाले टिकट काटेरै भएपनि प्रतियोगिता हेर्नेहरुको घुईचो लागेको थियो । महोत्सव समापन भैसकेपछि सम्प्ाुर्ण आयव्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने आर्थिक उपसमितिका संयोजक श्रेष्ठले बताएका छन् ।
मनग्गे कमाई गर्ने आशले विभिन्न्ा ठाउँबाट स्टल बुक गरेर सामान बिकि्रका लागि आएका व्यावसायिहरु भनेजस्तो व्यावसाय नभएपछि निराश बनेका छन् । अन्य सामानहरुको बिकि्र सन्तोषजनक भएपनि स्थानीय उत्पादन र गाउँ गाउँमा उत्पादित समानहरुप्रति भने ग्राहकको आकर्षण कम रहेको व्यावसायी ललिता पुनले बताईन् ।
अघिल्ला दिन जस्तै सोमवार र मंगलबार पनि विभिन्न राष्ट्रियस्तरका लोक तथा दोहोरी गायक हास्य कलाकार लगायतको प्रस्तुती रहने जनाइएको छ । आइतवार महोत्सव रोकिएकाले सुचारु हुँदैन कि भनेर भ्रममा नपर्न आयोजकले आम सर्वसाधारण समक्ष आग्रह गरेको छ । महोत्सवमा चर्चित लोक गायकहरु कोमल वली पुरुषोत्तम न्यौपाने विष्णु खत्री मिलन लामा लगायतका डेढ दर्जन बढि लोक गायकहरु र देवीराम पराजुली शिवहरी बैरागी दमन रुपाखेती शेखर खनाल संगम राई पल्पसा डंगोल लगायतका हास्य कलाकारहरुको विशेष प्रस्तुती रहेपनि पर्वत जिल्लाकै लोक गायकहरुभने उपेक्षित रहे ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com