गोरखाको छेक्मपार गाविसमा गोरेटो बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । वडा न.६ र ७ मा बाटो खन्दै गरेको बेला सोमबार साँझ जमीन भासिएको थियो । गोरेटो बाटो खन्ने क्रममा पहिरो खसेको थियो । मृत्यु हुनेमा छेक्पार -६ र ७ का ४ पुरुष र एक महिला छन्। गाविसबाट अनुदान पाएपछि बाटो खन्ने क्रममा पहिरो खसेको थियो।
पहिरोमा पुरिएर छेकम्पार-६ लार गाउँका ५० वर्षीय दोर्जे लामा, ३९ वर्षे सांगे दोर्जे लामा, छेकम्पार-७, खुर्पेका ३९ वर्षीय नलाङ लुन्डुक लामा, ४० वर्षीय छेवाङ डुन्डुक लामा र पान्दुङकी २३ वर्षीया एन्जेन लामाको मृत्यु भएको स्थानीय बासिन्दा छिरिङ याङ्दी लामाले बताए।
छेकम्पार गाविसले गोरेटो बाटोका लागि २ लाख ६० हजार रुपैया बिनियोजन गरेपछि लार, खुर्पे र खन्जु चौरीखर्कका गाउँले लार र खुर्पेदेखी खज्नु चौरीखकर्म जाने गोरेटो बाटो निर्माणमा जुटेका हुन्। १८ गाउँले बाटो निर्माणमा जुटिरहेका बेला पहिरो जाँदा १३ गाउँलेले हामफालेर जोगाउन सफल भए लामाले बताए।
No comments:
Post a Comment
kushmabajar.blogspot.com