कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ध.१ ख. २३१ नम्बरको माईक्रो बस द्विपमा पल्टिदा ३४ जना र्घाईते


पोखराको महेन्द्र गुफाबाट बगर आउँदै गरेको ध.१ ख. २३१ नम्बरको माईक्रो बस  द्विपमा पल्टिदा ३४ जना र्घाईते भएका छन् । र्घाईतेहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । उक्त माईक्रो वसमा अधिकांश पृन्थीनारायण क्याम्पसका बिद्यार्थीहरु रहेका थिए । वस दुर्घटनामा परी ८ जनाको हात तथा खुट्टा भाचिएको छ भने २६ सामान्य र्घाईते भएका छन्। र्घाईते हुनेहरुमा लामाचौर घार्मीका उमेद पौडेल, पोखरा १६ बाटुलेचौरका जमुना जिसी, सरस्वती जिसि, देवी सुनार, मनमाया गुरुङ्ग, उदय पौडेल, संग्रिला बस्नेत, ध्रुब गायक, ज्ञानु गायक, सरस्वती थापा, शर्मिला थापा, पार्वती बस्नेत, यम गुरुङ्ग, ज्योति गुरुङ्ग, कमल कुँवर, श्रीकृष्ण खनाल, शुशिल थापा रहेका छन् । मनिपालमा उपचाररत र्घाईतेमा पुरन्चौरका गोविन्द पौडेल, भदौरेकी सविता गुरुङ्ग, लामाचौर घार्मीका ओमकार पौडेल, बीना पौडेल, रीता पौडेल्, इश्वर पौडेल, सुदर्शन पौडेल, अमृता पौडेल, दर्शन पौडेल, यसोधा पौडेल, लमजुङ्गका नविन रावत, राम बहादुर कुँवर, स्याङ्गजाका मधुसुदन आचार्य, हुमबहादुर गुरुङ्ग, नवलपरासीका अर्जुन कुँवर छन् । र्घाईतेहरुमध्ये ३ जनाको गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा उपचार भएको छ । ३ जना मध्ये २ जना उपचारपछी डिस्चार्ज भईसकेका छन् भने पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत २१ बर्षिय अनिता तिमिल्सिनाको उपचार भईरहेको छ ।
त्यसै गरी र्घाईते भएका कृष्ण प्रसाद पौडेलको पश्चिमाञ्चल क्षेत्रिय अस्पलामा उपचार पछि घर फर्किएका छन्। दुर्घटनामा र्घाईते भएकाहरुलाई बगरबाट गएको प्रहरीको टोलिले उद्धार गरि उपचारका लागि मनिपाल शिक्षण अस्पताल पुर्‍याएको थियो । स्ववियू सचिव दीलिप न्यौपानले आज एक विज्ञप्ती प्रकाशितगरी दुर्घटनामा परेका सबैको शिग्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । साथै विज्ञप्तीमा चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै यस्ता घटना रोक्नको लागि तत्काल प्रभावकारी कदम चाल्न बस संचालक समितिको ध्यानाकर्षा गर्राईएको छ । दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसको ब्रेक फेल भएको कारण दुर्घटना भएको चालकले बताएका छन् भने तिब्र गतिका कारण एकै चोची ब्रेक लगाउदा बस अनीयन्त्रीत भई बस पल्टीन पुगेको उत्त वसमा सवार एक यात्रुले बताएका छन्। पोखरा बस ब्यावसायि समितिले उक्त सवारी दुर्घटनाको दुख व्यक्त गरेको छ । सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै र्घाईतेहरुको उपाचार गर्न आफुहरु लागि परेको समितिका अध्यक्ष बमबहादुर गुरुङले बताउनु भयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com