पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डाक्टर भारत रावतले जानकारी दिएका छन्।
लामो समयदेखि भट्टराईका सहयोगीका रुपमा रहेका अमिता कपालीले अस्पताल परिसरमा रहेका सञ्चारकर्मी र शुभेच्छुकहरुलाई निधनको खबर औपचारिक रुपमा सुनाइन्।
भट्टराईलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो।

सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि हुन्।
No comments:
Post a Comment
kushmabajar.blogspot.com