विशेष अदालत, काठमाडौंले इन्सपेक्टर बनाइदिन्छु भन्दै घूस लिने एमाले सभासद डोलबहादुर कार्कीलाई ६ महिना कैद र १ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने आदेश सुनाएको छ । कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (ग) अनुसार ४ महिना र निज व्यवस्थापिका संसद्को समेत सभासद भएकोले सोही ऐनको दफा २४ बमोजिम थप २ (दुई) महिना कैदसमेत ६( छ) महिना कैद र विगो बमोजिम १,००,०००।- (एक लाख) जरिवाना हुने अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत वीरेन्द्र श्रेष्ठको प्रतिवेदनले ब्रह्मानन्द स्वामी उदासीन र सभासद डोलबहादुर कार्की २ जनाविरुद्ध २०६७।६।४ मा मुद्दा दायर भएको थियो ।
घुस लिँदालिँदै अख्तियारको टोलीबाट घूसको रकम रु. १,००,०००। एकलाख रुपैँयाँ सहित स्वामी ब्रह्मानन्द उदासिनको डेरा कोठामा मिति २०६७।५।१४ मा रङ्गेहात पक्राउ गरेको अभियो लागेको थियो ।
फैसला गर्ने इजलासमा अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com