लक्ष्मी निम्न माध्यमिक विद्यालय सिउन , भगवतीका प्रधानाध्यापक नागेश्वर झाको भीरबाट खसेर मृत्यु भएको छ । शिक्षक झाको भगवती गाविस वडा नं ९ स्थित कालेदूरा भीरबाट खसेर गए राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भगवती गाविस सदरमुकामदेखि २४ कोस टाढा रहेको छ ।
सप्तरी , मानराज गाविस वडा नं २ , फुलहारा स्थायी ठेगाना भएका ५० बर्षीय झा विद्यालयबाट डेरा तर्फ आउँदै गर्दा राति भीरबाट खसेका हुन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com