कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले मुल्यवृद्धिको विरोधमा सडकमा चक्काजाम


 पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् ।
तानसेन-तम्घास सडकको बतासे क्याम्पस अगाडि त्रिभुवन बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले एक घण्टा सडक अवरुद्ध पारेका छन् । नेविसंघ क्याम्पस ईकाई सभापति केशव बस्यालका अनुसार विहान ८ बजेदेखि ९ बजेसम्म सडक अवरुद्ध पारेको बताए । उनले मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने बताए ।
क्याम्पसकै बाम संगठनहरुले सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध पारेका छन् । अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, र अनेरास्ववियु छैठौंले दुईघण्टा सडक अवरुद्ध पारेर विरोध जनाएका हुन् । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरि जनताको ढाड सेक्ने काम गरेको विरोधमा मंगलवारदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न गन्तव्यमा हिडेका यात्रुले समेत ओर्लिएर आन्दोलनको समर्थन गरेको विद्यार्थीहरुले जनाएका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com