कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीको निस्कोट गाविसमा निर्माणाधिन अवस्थामा रहेको सिचाई आयोजना अलपत्र

म्याग्दीको निस्कोट गाविसमा निर्माणाधिन अवस्थामा रहेको अगुवा खोला साना सिचाई आयोजना अलपत्र परेको छ ।
आर्थिक बर्ष६६/६७ मा जिल्ला परिषदबाट ५ लाख ९४ हजार, २ लाख जनश्रमदान र १ लाख ४४ हजार ऋणमा निर्माण कार्य सुरू गरिएको सिंचाई योजना थप बजेटको अभावमा अलपत्र परेको अगुवा खोला साना सिचाई आयोजनाका अध्यक्ष थमन घिमिरेले जानकारी दिनुभयो । १४ सय मिटरको को ६ सय मिटर निर्माण सम्पन्न भइसकेको छ ।गाविसको वडा नं १ का करिव २४ घरधुरीलाई लक्षित गरेर निर्माण सुरू गरिएको सो आयोजना निर्माण सम्पन्न गर्न थप बजेटको माग समेत गरेका छन् । माग पुरा नभए परिषद पर्ुव नै डेलिगेसन आउने चेतावनी दिएका छन् ।
सिंचाईको अभावमा निस्कोट क्षेत्रका करिव २ सय ९२ रोपनी खेतियोग्य जमिन रहेको छ । सो क्षेत्रमा विभिन्न बेमौसमी तरकारीका साथै कोदो,गहुँको सिंचाई अभावमा न्यून उत्पादन हुने गरेको स्थानिय लोक मल्लले जानकारी दिनुभयो ।
यता जिल्ला विकास समिति अन्तरगत रहेको जिल्ला प्राविधिक कार्यालय म्याग्दीले एकै सिंचाई योजनामा लगातार बजेट विनियोजन गर्न नसकिने इन्जिनियर राम पराजुलीले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com