कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सात बुदे राजनीतिक सहमति समाजबाद को बाटो - राम बहादुर थापा बादल

प्रकाश सापकोटा
पर्बत समाचार दाता  
नेकपा माओबादीका महासचिब राम बहादुर थापा बादल ले हाल को सात बुदे राजनीतिक सहमति समाजबाद को बाटो मा अगाडी बढेको बताउनु भएको छ |
मङ्गलबार पर्बत को सदरमुकाम कुश्मा बजारमा कार्यकर्ता भेटघाट को अवसर मा बोल्दै महा सचिब थापा बादल ले एक आपसमा मतभेद र
कमजोरी त्यागेर सबैलाई रुपान्तरण हुन आवस्यक रहेको बताउनु भएको छ | जन संबिधान नभएसम्म जन अधिकार प्राप्त हुन नसक्ने भन्दै बादल ले जन संबिधान नबने जनता बिद्रोह गर्न तयार रहेको र त्यस्को नेतृत्व ने क पा माओबादीले लिने बताउनुभएको छ |पार्टी भित्र को मत भिन्नतामा गोरखामा देखा परेको बाबुराम भट्टराई को अबरोध को बिषय स्थानीय तह बाट समाधान भैसकेको र मजदुर तथा मधेश मा देखिएको विवाद लाई पार्टी ले छिट्टै समाधान गर्ने बताउनुभएको छ |कार्यकर्ता भेटघाट पछि माओबादी पर्बत को इलाका स्तरीय कार्यक्रम मा सहभागी हुनुभएको थियो |

No comments:

Post a Comment

kushmabajar.blogspot.com