म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दाना ३ र ४ वडामा गएराति देखि लागेको आगोबाट मंगलबार दिउँसो सम्म ६ घर जलेर नष्ट भएको छ ।
गाविसको स्थानीय दुइवटा सामुदायीक वनबाट सुरू भएको आगलागीबाट सकबहादुर पुर्जा, बलराम पुन र आसपासका ६ घरको सम्पुर्ण जलेर नष्ट भएको रुप्से यूवा क्लवका सचिव गंगा पुनले जानकारी दिनुभयो ।
गाविसको काभ्रेमा रहेको काभ्रे चिरुवाढुंगा सामुदायीक वन र ठाडामा रहेको धुरीवन सामुदायीक बन गरी करीव ५ सय हेक्टर क्षेत्रफलको जंगलमा नष्ट भएको छ । आगलागी संगै चलेको हावाहुरीले सरस्वती प्रावि दाना काभ्रेको आठ कोठे भवनको टिनको छानो र पर्खालसमेत भत्काईदिएको छ भने आजको प्राथामीक तहको परीक्षा स्तगीत भएको विद्यालयले जनाएको छ ।
आगोलागी नियन्त्रणमा आउन सकेको छैन । सो क्षेत्रमा सिमा प्रहरी चौकी र स्थानियबासिन्दाले आगाी नियन्त्रणको प्रयास गरिरहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो । थप क्षतीको विवरण आउन बाकी ।
यसैविच जिल्लाकै पाखापानी गाविसमा मंगलबार बिहान देखि भएको हावाहुरीले शिसु कल्याण बाल विकास केन्द्र, तिलबहादुर थजाली, कुमार थजाली,मनमयाँ थजाली,महेन्द्र मावि लगाएत २७ घरमा क्षती पुर्याएको गाविस सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com