कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अरुसँग बोलेको आरोपमा पत्नीमाथि कुटपिट


नीलकण्ठ गाविस-५ निवासी ३२ वर्षीया पवितालाई अरुसँग बोलेको आरोपमा उनका पति ३६ वर्षीय युवराज रिजालले कुटपिट गरेका छन् । घरमै बसेको अवस्थामा अरु मानिससँग बोलेको भन्दै छिमेकीसँग नै विवाह गर्न धम्की दिँदै युवराजले पटकपटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालयमा पीडितले जानाकारी दिइन् ।

घरमा जे पायो त्यहीले आक्रमण गरेपछि भागेर ज्यान बचाएकी पविताले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितलाई कुटपिटबाट घर निकाला गरिएको छ भने प्रहरी कार्यालयमा वार्ताका लागि बस्दा पनि पीडकले कुटपिट गर्ने धम्की दिएको पीडितको भनाइ छ । यसैबीच, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झार्लाङ गाविस-५ निवासी राजकुमार तामाङ हिरासतबाट भाग्न खोज्दा भएको घम्साघम्सीमा एक प्रहरी गम्भीर घाइते भएका छन् ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com