गत फागुन ३ गते राति जिल्लाको बाबियाचौर गाविसस्थित खुम्ल्याहाको एक घरमा लुटिएको साढे दुइलाख रुपैयां नगद र दशतोला सुन एकिकृत नेकपा माओबादी पार्टीमा रहेको उक्त घटनामा संलग्न व्यक्तिले दाबी गरेका छन् ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका एकिकृत नेकपा माओबादीका कार्यकर्ता कमल पुनले शुक्रबार सन्चारकर्मीहरुसामु लुटपाटमा आफुलाई अपहरणको शैलीमा प्रयोग गरिएको र उक्त सम्पूर्ण सम्पती एकिकृत नेकपा माओबबादीका जिल्ला सचिव लालु किसानलाई बुझाएको बताएका छन् ।
गत फागुन ३ गते राति बाबियाचौर गाविसको खुम्ल्याहा निबासी पूर्व भारतीय सेना धनबहादुर गुरुङको घरमा करिव १६ जनाको नकावधारी समुहले परिवारका सम्पूर्ण सदस्यहरुलाई हतियार देखाइ नगद साढे दुइलाख रुपैया र परिवारका सम्पुर्ण सदस्यले लगाएका गरगहनासमेत गरि दशतोला सुन लुटिएको थियो ।
गत फागुन ३ गते राति बाबियाचौर गाविसको खुम्ल्याहा निबासी पूर्व भारतीय सेना धनबहादुर गुरुङको घरमा करिव १६ जनाको नकावधारी समुहले परिवारका सम्पूर्ण सदस्यहरुलाई हतियार देखाइ नगद साढे दुइलाख रुपैया र परिवारका सम्पुर्ण सदस्यले लगाएका गरगहनासमेत गरि दशतोला सुन लुटिएको थियो ।
धनमाल लुटिएको घटनामा संलग्न रहेको आसंकामा प्रहरीले उक्त पार्टीका सचिव लालु किसानको अङ्गरक्षक भनिएका कमल किसानलाई फागुन ८ गते पार्टीकै कार्यालयबाट पक्राउ गरेको थियो । पक्राउपछि बयान लिदैजादा कमलले आफुलाई उक्त घटनाको योजना बनाउने र लुटपाट गर्नेबारे कुनै पूर्वजानकारी नरहेको र तत्काल आफुलाई अपहरणको शैलीमा प्रयोग गरिएको बयान दिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए ।
शुक्रबार प्रहरी सन्चारकर्मी र राजनीतिक पार्टीका जिल्लास्थित प्रमुखहरुको रोहवरमा कमलले पार्टीले आँफुलाई प्रयोग गरेको र यस घटनामा आफ्नो दोष नरहेको समेत दाबी गरेका छन् । ‘यो घटनामा मेरो कुनै दोष छैन लुटिएको केके सामान हो सबै मैले जिल्ला सचिव लालु किसानको हातमा ७ गते दिउसो बुझाएको हो’ उनले भने । ‘यसै घटनाका विषयलाई लिएर एकिकृत नेकपा माओबादीका जिल्लास्थित नेताहरुले आपनो भिनाजु बुवा लगायत परिवारका सम्पूर्ण सदस्यहÂरुलाई धम्की दिएको’ बताउदै उनले ‘आपना परिवारका सदस्य र आपुनो सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने’ बताएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com