कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

महोत्सव हुँदा सहभागी नगराएको भन्दै पर्वत जन्मभूमि भएका कलाकारहरुले दुःख व्यक्त


आफ्नो जिल्लामा धौलागिरी अन्चलस्तरीय महोत्सव हुँदा सहभागी नगराएको भन्दै पर्वत जन्मभूमि भएका कलाकारहरुले दुःख व्यक्त गरेका छन् । गते सोमवारदेखि शुरु भएको महोत्सवमा अन्य जिल्लाका कलाकारहरुलाई बोलाएर कार्यक्रम गरिरहदा पर्वतकै कलाकारहरुलाई खबर नगरेकोमा उनीहरुले आपत्ती जनाएका छन् ।
स्थानिय उत्पादन पर्यटन व्यापार उद्योगको प्रर्वद्धन तथा कला संकृतिको संरक्षण गर्ने उद्धेश्यले उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा आफुहरुलाई नबोलाएको लोक गायक विमलराज क्षेत्रीले बताए । पर्वत प्रबद्र्धन हाम्रो दायित्व भन्ने मुल नारा तय गरिएको महोत्सवमा अन्य क्षेत्रका कलाकर्मीहरुको जमघट बढेको र आफ्नै बारिको फुलले आफैलाइ बास्ना नदिँदा जस्तै भएको क्षेत्रीको गुनासो थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु भने चिसो मन गरेर राजधानी बसेको उनले बताए । महोत्सवमा दर्शक तान्ने आकर्षणका केन्द्र बिन्दु मानिने पर्वते कलाकारहरुले भने आज सम्म संचार माध्यमको अनौपचारिक सन्देश बाहेक औपचारिक सुचना समेत नपाएको बताएका छन् ।
आफ्नै जिल्लामा अन्चलस्तरीय महोत्सव हुँदा पनि हामीलाइ थाहा भएन गायक कस्तुप पन्तले भने-’कलाकारीता बाट जिल्लालाई पुर् याएको योगदानको कुनै कदर भएन् ।’ महोत्सव निश्चित लक्ष्य प्राप्तीको लागि आयोजना गरिएको भएपनि कलाकारलाई निम्ताउँदा राजनीति भएको पन्तले बताए ।
पर्वत महोसवमा चर्चित गायक बिमलराज क्षेत्री कस्तुप पन्त कुलेन्द्र बिक यमबहादुर क्षेत्री बुद्धिराम शर्मा प्रल्हाद सुवेदी लगायत एक दर्जन भन्दा बढि कलाकारको सहभागिता भएको थिएन ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com