कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

फोटासहितको नामाबली संकलन गरिने

 एक मतदाताको नाम एक ठाउँमा मात्र रहने गरी फोटो सहितको शुद्ध नामावली संकलन गरी आगामी निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले पर्वतको चैतेतको दोस्रो सातापछि फोटासहितको नामाबली संकलन गरिने भएको छ । 
चैत १५ गतेबाट फोटोसहितको नामाबली संकलन गरिने भएको हेा । आगामी निर्वाचन प्रणाली चुस्त दुरुस्त र धाँधली रहित तवरबाट साचालन गराउने उद्देश्यले निर्वाचन आयोगले फोटो सहितको मतदाता नाामावली संकलन कार्य अगाडि बढाएको हो । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाका ५५ गाविसमा चैत्र १५ गते देखि ६७ केन्द्रबाट फोटो सहितको मतदाता संकलन कार्य शुरु गरिने छ ।
मतदाता नामावली संकलनका लागि जिल्लामा रहेका प्राथमिक विद्यालयका शिक्षक प्रधानाध्यापक तथा कर्मचारी गरी ३ सय ७६ जनालाई परिचालन गरिने भएको छ । सो सँगै निर्वाचन कार्यालयले हरेक केन्द्रमा कम्प्युटर लगायत अन्य विद्युतिय प्रविधि सम्बन्धी ज्ञान भएका कर्मचारीलाई समेत खटाउने भएको छ । केन्द्र साचालन गर्दा अघिल्लो मतदाता नामावलीको तथ्याङ्क अनुसार अन्य गाविसको तुलनामा धेरै संख्या भएका गाविसमा दुई वटा सम्म केन्द्र राखिएको जिल्ला निर्वाचन अधिकृत गणेश पौडेलले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले शुक्रबार कुश्मा बजारमा अन्तरकि्रया कार्यक्रमको आयोजना गरी तयारीका बारेमा जानाकारी गराएको हेा । उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरुले निर्वाचन प्रणालीलाई धाँधलीरहित बनाउन फोटो सहितको मतदाता परिचय पत्र दिलाउने प्रणाली प्रभावकारी हुने भन्दै आ-आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीको संयोजकत्वमा जिल्ला स्तरीय सहयोग समन्वय समिति गठन भएको छ । हरेक गाविसमा गाविसको प्रमुखको संयोजक सहयोग समिति गठन हुने बताइएको छ ।
उक्त प्रणाली अन्तरर्गत १८ बर्ष पुगेका नेपाली नागरिकको मतदाता सुची तयार हुनेछ । निर्वाचन कार्यालय १६ बर्ष उमेर पुगेर नेपाली नागरिकता पाएका नागरिकहरुको पनि नामावली संकलन गर्ने तर मतदाता सुचीमा समाबेश नहुने निर्वाचन अधिकृत गणेश पौडेलले जानकारी दिनुभयो ।

-धौलाश्री बाट साभार  

No comments:

Post a Comment

kushmabajar.blogspot.com