कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीका सबै गाविसमा ताररहीत ईन्टरनेट सेवा पुर् याउने योजना


 एसीयाली नोवेल पुरस्कार विजेता म्यागसेसे हिरो डाक्टर महाविर पुनले म्याग्दीका सबै गाविसमा ताररहीत ईन्टरनेट सेवा पुर् याउने योजना अघि सारेका छन् । 
जिल्लाका ४१ गाविसमा ईन्टरनेट पुर् याउने योजना अन्तरगत हालसम्म बिम ताकम दरवाङ भकिम्ली अर्थुङ्गे चिमखोला बेग हिस्तान दाना शिख घार र राम्चे गाविसमा वायरलेस इन्टरनेट सेवा पुगेको छ । हरेक गाविसलाई आउने अनुदानबाट सुचना प्रविधिका लागि १० प्रतिशत छुट्टाउन सकेमा आगामी ५ बर्ष भित्र म्याग्दीका ४१ ओटै गाविसमा ताररहीत ईन्टरनेट पुर् याई सुचना केन्द्र मार्फत सर्वसाधारणलाई सेवा दिन सकिने पुनले बताए ।
म्याग्दीको राम्चेगाविसको नागीबाट दशबर्ष अघिदेखि सुरु भएको बेतारे सन्जाल अहिले धौलागिरि अन्चलका ४ जिल्लाका साथै नेपालका १३ जिल्लाको दुर्गम बस्तीमा बेतारे सन्जाल पुगि सकेको छ । म्याग्दी बाहेका जिल्लामा सुचना र प्रविधि विस्तार गर्नका लागि सुरु गरिएको म्याग्दीका बैदेशिक रोजगारमा गएकालाई लक्षित गरेर सुरु गरिएको ूवन मन्थ एक डलरू कार्यक्रम अन्तरगत अहिलेसम्म करिव ६५ हजार डलर लगानी भइसकेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com