कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जापानको खुमामोतो केन स्थित एक नेपालीले आत्महत्या गरे


जापानको खुमामोतो केन स्थित एक इन्डियन रेस्टुरेन्टमा कार्यरत एक जना नेपालीले यहि मार्च ७ तारिख आत्महत्या गरेका छन् । बिगत २ वर्ष देखि जापानमा कुक काम गर्दै रहेका कृष्णप्रसाद खरेलले यहि मार्च १५ तारिखको दिन नेपाल जाने तयारीमा रहेको कुरा उनि निकटस्थले जनायका छन् ।
गुल्मी जिल्ला आँपचौर स्थाई घर भयका खरेलले आफ्नै कोठामा झुण्डियर आत्महत्या गरेका थिए । लाशको प्रारम्भिक पोस्ट मार्टमले आत्महत्या नै देखियको छ भने पोस्ट मार्टमको पुरा परिणामको लागि थप परिक्षणलाइ कुर्नुपर्ने छ ।आहिले जापानमा धेरै कुक हरु पिडामा परेको बताउछन । 
खरेलका आफन्त तथा नातेदार हरु जापानमा प्रसस्तै भय पनि परिवार भने सबै नेपालमा नै रहेका छन । आत्म हत्या गर्नु पर्नाको कारण भने हाल सम्म खुल्न सकेको छैन । साथै मृतक खरेल जापान आउनु अगाडी नेपालमा अहेब को रुपमा काम गर्ने गरेको थाहा हुन आएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com