कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

भविष्यको चिन्ताले महिलाहरूले हिंसा लुकाउने


 'पहिला पनि गाली गर्दै बेस्सरी कुटपिट गर्नुहुन्थ्यो' श्रीमान्बाट निर्घात कुटिएर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी ३५ वर्षीया सुशीला सुनारले भनिन्, 'इज्जत जाला भनेर चुप लागेर बसेँ । तर जति सहे उति कुट्न थाले ।' 
दिउँसभर मेलापात गरेर साँझ खाना पकाएपछि श्रीमान्लाई खान बोलाउँदा उल्टै कुटाई खाएकी सुशीला यतिखेर अस्पतालमा चोट र पीडाले राम्रोसंँग बोल्न नसक्ने अवस्थामा पुगेकी छन् । लेखनाथ १२ पावर हाउसकी उनको कुटपिटबाट टाउको, दायाँ आँखा, छाती र हातको औंलामा गम्भीर चोट लागेको छ । रक्सी खाएका श्रीमान् बाबुरामबाट गजबार, लात्ती र हातले निर्घात कुटिएर रगताम्ये बनेकी उनलाई स्थानीयवासी र माइतीले उद्धार गरी उपचारका लागि पोखरा ल्याएका थिए ।
श्रीमान्बाट गालीगलौज गरेर, निर्घात कुटिएर अस्पताल भर्ना हुनु परेको यो घटना कुनै नौलो भने होइन । अनाहकमा श्रीमान्बाट कुटिनु, गालीगलौज र आरोप खेप्न बाध्य भए पनि समाजमा बेइज्जत हुने र भविष्यको चिन्ताले महिलाहरूले हिंसा लुकाउने गरेका छन ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com