पाल्पा
नगर क्षेत्र भित्रको फोहरमैला व्यवस्थापन गर्ने नगरपालिकाको अभियानलाई सघाउँदै यहाँका उत्साहि युवाहरुले पनि आजदेखि सरसफाई अभियान थालेका छन् ।यहाँस्थित बजरंग युवा संघ नामक सामाजिक संस्थाको अगुवाइमा युवाहरुले आफ्नै व्यक्तिगत खर्चमा सफाई सामग्री खरीद गरी सरसफाई अभियान शुरु गरेका हुन् ।
अभियानको शुरुवात गर्दै संघका अध्यक्ष शंकरप्रसाद शर्माले ३ नम्बर वडाबाट शुरु गरिएको सरसफाई अभियान नगरेको १० वटै वडामा पुर्याउने योजना बनाएको बताए ।
संघमा आवद्ध सबै ७५ जना सदस्यको सहभागितामा सरसफाई अभियान थालिएको र फोहोर मैला व्यवस्थापन कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष शर्माको भनाई थियो । उनले सरसफाईमा आवश्यक पर्ने सामग्री आफ्ना सदस्यहरु व्यक्तिगत रुपमै खर्च गरी खरीद गरेको तथा नगरपालिकको तर्फाट ट्रयाक्टर तथा केही स्वीपरहरुको सहयोग पनि प्राप्त भएको बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com