कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बहराइनमा दुई नेपालीको मृत्यु, लास पठाउने निकाय छैन्


 जिल्ला लमजुङ्ग, गाविस जिलुना-९, उमेर २६ का देऊ बहादुर गुरुङ्गको मिति ०८ मार्च २०११ कादिन हृदयघात भई निधन भएको छ । भने जिल्ला म्याग्दी, गाविस दाबीया चैरका अन्दाजी ४२/४३ वर्षा टिका खड्काको मिति १२ मार्च २०११ कादिन हृदयघात भई मृत्यु भएको हो ।
यी दुई मृतकका परिवारले नेपाली क्बल, बहराइन तथा एनआरएनए बहराइनका प्रतिनिधीलाई लास नेपाल पर्ठाईदिन गुहार गरीरहेका छन् भने अहिले बहराइनलाई हेर्ने दुताबास नभएका कारण यी लासहरुलाई नेपाल फर्काउन नसकीएको कुरा क्लब तथा एनआरएनका प्रतीनिधीले बताउनु भएको छ । यी लासहरुमात्र हैन बहराइनलाई हेर्ने सरकारी निकाय नभएकोले पासपोर्ट नविकरण गर्न तथा अन्य सरकारी काम बाट बहराइनमा कार्यरत नेपाली बन्चित भएका छन् ।

बहराइनमा फैलीएको राजनैतिक हिंसा हिजोबाट फेरी चर्कीएको छ । सरकार बिपक्षले पहिले शान्तिपूर्ण आन्दोलन गरीरहेकामा हिजोबाट हिंसात्मक तरिकाले आन्दोलन गरीरहेका छन् । हिजै बाट मेन हाईवे, स्कुल, मुख्य बजार, निजी कार्यलय आदी पूर्णरुपमा बन्द छ । भने बजार सुनसान भएको छ ।
यस्तै स्थिती भयो भने बहराइनका कार्यरत ३५ हजार नेपालीलाई समस्या पर्न सक्ने छ । घरबाट बाहिर हिड्ने स्थिती नभएकाले घर भित्रै मनमा त्रास लिएर बस्न बाध्य छन् । यसको बारेमा नेपाल सरकारले तुरुन्त केही सोच्न आवश्यक छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com