कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मधेसवादीदलहरु सरकारमा जाने कुरा सरकारको दिवास्वप्न मात्रै

 तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्दै मधेसवादीदलहरु सरकारमा जाने कुरा सरकारको दिवास्वप्न मात्रै भएको बताउनुभएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले मधेसवादी दलहरु सरकारमा जाने भन्दा पनि मधेसी मोर्चालाई बलियो बनाएर अगाडि बढ्ने योजनमा रहेको स्पष्ट पानुभयो । उहाँले भन्नुभयो-मधेसप्रति अनुदार प्रधानमन्त्रीको नेतृत्वमा मधेसवादी कुनै पनि हालतमा सरकारमा जादैन । उहाँले बर्तमान सरकारले कुनै पनि हालतमा दुई तिहाई समर्थन प्राप्त गर्न नसक्ने ठोकुवा पनि गर्नुभयो ।

अध्यक्ष यादवले जेठ १४ गतेभित्रमा नयाँ संविधान नबने ताजा जनादेशकोलागी निर्वाचनमा जानु पर्ने पार्टीको धारण सुनाउँदै त्यसो हुन नसके मधेसमा विद्रोह गरेर मधेसले आफ्नै संविधानसभा मार्फत संविधान बनाउने चेतावनी दिनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com