कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

उत्पादनमा बृद्धि नहँदा मुलुकले बर्षौदेखि खाद्य संकट भोग्दै

 जनसंख्याको बृद्धि संगै खाद्यान्न उत्पादनमा बृद्धि नहँदा मुलुकले बर्षौदेखि खाद्य संकट भोग्दै आएको छ । बार्षिक रुपमा अर्बाको खाद्यान्न तथा उपभोग्य बस्तुहरु विश्वका अन्य मुलुकबाट नेपालमा भित्रिने गरेको अवस्थामा कृषि प्रधान देशको रुपमा चिनिने नेपालको कृषि पेशालाई व्यावसायीकरण गर्नुपर्ने सरोकारबालाहरुले बताएका छन् । मुलुकभित्रै खाद्यवस्तु उत्पादनका लागि थुप्रै सम्भावनाहरु भएपनि राज्यले आवश्यक चासो नदेखाएको गुनासो कृषकहरुको छ ।
खाद्य अधिकारका लागि राष्ट्रिय संजाल नेपालको आयोजना र खाद्य अधिकार संजाल पश्चिमााचलको संयोजनमा पर्वतमा भएको कार्यक्रममा सहभागिहरुले मुलुकका विभिन्न क्षेत्रमा रहेको कृषियोग्य भूमिमा सरकारले आधुनिक खेती प्रणालीका लागि आवश्यक लगानी गर्नुपर्ने बताएका छन् ।
युवा पुस्ता पलायत बजारको अभाव उत्नत जातको विउ र प्रविधिको कमी कृषकलाई आवश्क तालिम तथा प्राविधिक ज्ञानको अभावले उत्पादन घट्दै गएको हो । विगत केही वर्ष यता जनशक्तिको अभावले हरेक क्षेत्रको कृषिभूमि वाँझो रहेकोले आधुनिक प्रविधिको विकास गरी देशलाई खाद्यका दृष्टिले। आत्मनिर्भर बनाउन राज्यसँग माग उनीहरुले गरेका छन् ।
बार्षिक रुपमा १८ अर्बभन्दा बढिको मासुजन्य वस्तुहरु अन्य मुलुकबाट भित्रिने गरेको अवस्थामा मुलुकमै निर्वाहमुखि रुपमा गरिएको पेशालाई ब्यावसायीक रुपमा विकास गर्न सके अन्य देशमा निर्यात गर्न सकिने बताएका छन् ।
यसैविच जिल्लामा खाद्य सुरक्षा खाद्य अधिकार र खाद्य सम्प्रभुता कायम गर्ने उद्धेश्यले जिल्ला स्तरीय खाद्य अधिकार संजाल गठन गरिएको छ ।
विभिन्न क्षेत्रका सरोकारबालाहरुको भेलाले शेषराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय संजाल गठन गरेको हो । गठित संजालको उपाध्यक्षमा मानकुमारी गिरी सचिवमा शिवशर्मा अधिकारी र कोषाध्यक्षमा शान्ति विक रहेका छन् । संजालका सदस्यहरुमा लक्ष्मण सापकोटा दिलीप विक रुद्र गिरी सिता थापा लालकुमारी सिके कृष्णप्रसाद अधिकारी सम्झना पराजुली र दुर्गावहादुर मल्ल्ा रहेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com