हाल कुस्मा बजारमा सन्चालित पर्वत महोत्सवमा मानिस आकृतिको बाख्राको पाठो हेरेपछि महोत्सव हेर्न आउनेहरु आश्चर्यचकित बनेका छन् । कोहि यसलाई भगवानको लिला भनिरहेका छन् भने कोहि यसलाई सामान्य बताईरहेका छन् । बाख्राका मालिक बुद्धिमानले सो पाठो पर्वत महोत्सवमा समेत देखाउन लाने गरेका छन् । मानिस आकृतिको पाठो हेर्नेको घुईचो लाग्ने गरेको छ । केहि दिन पहिले पर्वतको सदरमुकाम शिवालय – ५ कुस्मा बजारका वुद्धिमान श्रेष्ठको बाख्राले मान्छेको टाउको जस्तै भएको जीउँदो पाठो जन्माएपछि यहाँका स्थानीयवासी अचम्मित बनेका छन् । स्थानीय वुद्धिमान श्रेष्ठ कहाँ ६ वर्ष देखी पाल्दै आएको ‘जमुनापारी’ नामक वाख्राको जात रहेको सो माउले अघिल्लो मगंलवार ३ पाठा पाठी जन्माएको थियो त त्यसमध्ये २ पाठी स्वभाविक अकृतिका थिए भने एक पाठो मान्छेको आकृतिमा जन्मेको थियो । पाठो जन्मिएपछि उनिहरुले भेटरीनरीमा लगेर देखाउदा उक्त पाठो धेरै नबाँच्ने सकेंत दिएपछि अर्का स्थानीयवासी शेर बहादुर क्षेत्रीले चम्चाले दुध खुवाएर पाठो पाल्दै आएका छन । शेर बहादुरले यस्ता अनौठा प्राणी जन्मनु भगवानको लिला हो भन्दै दुध खान नसक्ने पाठोलाई बचाउँनका लागी आफुले पाल्न ल्याएको बताएका छन । |
तपाई हाम्रो साझा समाज
पर्वत महोत्सवमा मानिस आकृतिको बाख्राको पाठो हेरेपछि महोत्सव हेर्न आउनेहरु आश्चर्यचकित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com