पर्वतकेा सदरमुकाम कुश्माबजारमा संचालन भएको धौलागिरी अाचल स्तरीय तेस्रो पर्वत महोत्सव हावाहुरीका कारण बिहीवार प्रभावित बन्यो ।
दिउँसो २ बजेपछि चलेको हुरीले महोत्सवका सवै कार्यक्रमका साथै व्यावसायीहरुको व्यापार व्यावसाय समेत रोकिएको थियो ।हुरीले महोत्सवमा कार्यक्रम संचालन गर्ने मुख्य माच दर्शकका लागि बनाईएको टेन्ट लगायत सवै उडाएपछि आयोजक कलाकार तथा दर्शक तितर बितर बनेका थिए । गाउँ गाउँ बाट महोत्सव अवलोकनका लागि आएका दर्शकहरु बाहिरीएपछि केही समय शुन्य बनेको थियेा ।
एक्कासी आएको हावाहुरीले स्टलमा व्यापार गर्नेहरुको व्यापार व्यावसाय समेत चौपट बनायो । रमाईलो मेलाका कार्यक्रम समेत दिनभर ठप्प बनेका छन् । यो वर्षकै सवैभन्दा ठुलो हुरीबतास आएकाले महोत्सव प्रभावित बनेको आयोजकले। बताएका छन् । हावाहुरी रोकिएपछि साँझपख पुनः कार्यक्रम सुचारु भएपनि दर्शकहरुको संख्या भने न्युन रहेको थियो । महोत्सवमा जिल्लाका विभिन्न गाविसका साथै छिमेकी जिल्लाका गरी १० हजार भन्दा बढि दर्शकहरुको सहभागिता रहेको टिकट संयोजक पर्वत जेसीजका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com