चन्द्रश्वर बस्ताकोटी
जोमसोम
किसानहरुलाई बिषदीले पार्ने असरको बिषयमा २ दिने बिषादीको असरको लक्षण पहिचान बिषयक कृषक तालीम मुस्ताङमा सम्पन्न भएको छ ।
बिषदी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवन तथा जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको आयोजनामा सम्पन्न तलीममा कृषकहरुलाई बिषादी संलेषण, उत्पादन, बिक्री बितरण र प्रयोग गर्दा बिषादी बिष हो, औषधी नभएको बताइएको थियो ।
बिषादीको लेवल अनिवार्यरुपले अध्ययन गरि सोही अनुरुप बिषादी प्रयोग गर्न कृषकलाई उक्त तालीमले उत्प्रेरीत गराएको तालीममा सहभागी एक कृषकले बताए । बिषदीको दुरुपयोगबाट हुन सक्ने दिर्धकालीन र अल्पकालीन असरको बिषयमा ब्यबहारीक एव सैधान्तिक ज्ञान कृषकहरुलाई उपलब्ध गराइएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत मेघनाथ तिमील्सिनाले बताउनु भयो । तालिमले किसानलाई बिषदीको सुरक्षित एव समुचित प्रयोग गर्न उत्प्ररित गराएको थियो । तालीमले कडा र सुरक्षित बिषदीको असरबारे जानकारी गराएकोले आफु बच्न र सम्पुर्ण बातावरणलाई असर पार्न नदिन आवश्यक सुरक्षाका लागि माक्स, एप्रोन, पन्जा, गमबुट, लगायतका सुरक्षा सामाग्रीहरु प्रयोग गर्ने बानीको बिकास गर्न सहयोग पुगेको तालीममा सहभागी किसान सकेन्द्र गौचनले बताउनुभयो । आफुले सिकेका कुराहरु आफ्नो घर, छिमेकीका साथै सबै किसानलाई बाडने सहभागीहरुले बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com