गणेश पौडेल
गाउँमा जुवातास र वनबाट चोरी सिकारी रोक्न पर्वतको दुर्गम क्याङ्ग गाबिसका बालबालिकाले अभियान शुरु गरेका छन ।
पर्वतको क्याङ्ग गाउँ बिकास समिति वडा नं ९ हलहले गाउँमा गठित सृजना बालक्बले जुवातास र बन्यजन्तुको सिकार रोक्न अभियान शुरु गरेको हो । गाउँमा गठित आमा समुह युबाक्लब र बृद्धहरुले गरेको प्रयास असफल भएपछि बालक्लबमा आबद्ध बालबालिकाले थालेको प्रयास सफ हुन थालेको छ ।
क्याङ्ग गाबिसको हलहले क्षेत्रको वनमा अबैध रुपमा घोरलको शिकार गर्ने र कालिज मार्ने क्रम नरोकिएपछि बालबालिकाले यस्तो अभियान शुरु गरेको क्लबका अध्यक्ष दिपेन्द्र पुनले बताउनुभयो । पहिलो पटक घोरल मार्नेलाई एक हजार रुपैया जरिवाना तोकिएको छ । ुपटकेमा परेमा सोही अनुसार काबार्ही गरिन्छ ु उनले भने । चराचुरुङ्गी मारेमा पहिलो पटक ३ सय रुपैया जरिवाना गर्ने निणर्य बाल क्लबले गरेको छ ।
हलहले क्षेत्रबाट पर्वतको सदरमुकाम कुस्माबजारमा सबैभन्दा बढी कालीज र घोरल निकासी हुँदै आएको छ । संरक्षित जनवारको सुचीमा रहेको घोरल र कालीज पासो थापेर मार्ने ब्याबसायी नै रहेका छन । उनीहरुले घोरललाई ८ हजार र कालिजलाई ७ सय रुपैयामा बिक्री गर्दै आएका छन । ुअबैध रुपमा शिकार हुन थालेपछि बाध्य भएर हामी अघि सरेका हौु अध्यक्ष पुनले भन्नुभयो - अहिले यो क्रम धेरै हटेर गएको छ लुकेर चोरी गर्नेहरु पनि डराउन थालेका छन ु
गाउँमा जुवातास खेल्ने क्रम नरोकिएकाले बालक्बले यसका बिरुद्ध पनि अभियान साचालन गरेको छ । मगरहरुको बाहुल्यता रहेको बस्तीमा चाडपर्व र काजकि्रया बसेको बेला बाहेक अन्य समयमा जुवातास खेल्नेलाई बालबालिकाले जरीवाना गर्न थालेका छन । जुवातास खेलेको पहिलो पटक भेटेमा ५ सय जरिवाना गरिन्छ । दोस्रो पटक भेटेमा १ हजार रुपैयाका दरमा जरिवाना गरिन्छ । ुअहिले दिउँसो काम छाडेर जुवातास खेल्ने क्रम पुरै रोकिएको छ । क्लबका सचिब कमल पुनले भन्नुभयो ।
क्लबले जुवातास खेलेको र चोरी शिकारी गरेको सुचना दिनेलाई समेत पुरस्कार दिने ब्यबस्था पनि गरेको छ । जुवातास खोलेको सुचना दिनेलाई २ सय घोरलको शिकार गरेको सुचना दिनेलाई ५ सय कालिज लगायतका चराचुरुङ्गीको सुचना दिनेलाई १ सय र अन्य जंगली जीबजन्तुको सिकार गरेको सुचना दिनेलाई पनि ५ सय दिने ब्यबस्था भएको क्लबले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com