उपत्यकाको तीन जिल्लामा होलीमा हुने बिकृति रोक्न भक्तपुर प्रहरीले तातोपानी नाका हुदै ल्याएको १४ बोरा बेलुन जफत गरेको छ ।
होली नआउदै जथाभावी लोला हान्दा अपि्रय घटना हुन सक्ने र प्रहार गरेको लोला लागेर सर्वसाधरणको घाउचोट समेत हुनसक्ने भन्दै जफत गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार पत्रकार सम्मेलन गरी बेलुन सार्वजनिक गरेको छ । तातोपानी भन्सारमा १० हजार रुपैया भन्सार तिरेर १४ बोरा (२५ काटुन) बेलुन ल्याएको थियो । भन्सार तिरेको बिलमा दुई सय ८० किलो बेलुन रहेको उल्लेख छ ।
बेलुन भाडाको गाडीमा राखेर ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग जगातीले शुक्रबार नियन्त्रणमा लिएको हो । 'भन्सार नतिरी ल्याएको भनेर हामीले नियन्त्रणमा लिएको होइन, भाडाको गाडी चेकिङ्गको क्रममा धेरै मात्रामा भेटायौ,' परिसरका प्रमुख एवं प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले भने-'बढ्दो बिकृतिलाई रोक्न धेरै मात्रामा ल्याएको बेलुन रोकेका हौ, होली सकिएपछि छाड्छौ
No comments:
Post a Comment
kushmabajar.blogspot.com