रक्षामन्त्री बिष्णु पौडेलले प्रमुख पार्टी काँग्रेसलाई सरकार बाहिर राखेर शान्ति प्रक्रिया र संबिधान निर्मांण कार्य संभव नरहेको बताउनुभएको छ । उहाँले सामान्य बहुमतको आधारमा सरकार निर्माण भएको र त्यसलाई दुईतिहाई पुर्याए पनि प्रमुख दल काँग्रेसलाई बाहिर राखेर शान्ति र संबिधानलाई सार्थक बनाउन नसकिने ठोकुवा गर्नुभयो ।
एमाले निकट पेशागत ईलाका कमिटी क्षेत्र न ४ रुपन्देहीको चौथो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले एमाले राष्ट्रिय सहमति कै पक्षमा रहेकाले काँग्रेस सरकारमा आए नयाँ ढङ्गबाट सहमति खोज्ने पनि बताउनु भयो । उनले हतियारको छाँयामा संविधान लेख्न नसकिने बताउदै त्यसकालागि संविधान भन्दा पहिला माओवादी लडाकुको समायोजन, र पुनर्स्थापनाको बिषयलाई छिटो टुंग्याउनतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com