कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

हजारौ हेक्टर खेतीयोग्य जमिन बाझै अवस्थामा


प्रकाश डोटेल 
स्याङ्जा-
स्याङजाको कुवाकोट गाविस वडा नं. २ ,३ र ४ मा सिचाइको अभावमा हजारौ हेक्टर खेतीयोग्य जमिन बाझै अवस्थामा रहको छ । नेपाल कृषि प्रधान देश भन्ने गरिए पनि जिल्लाका विभिन्न भागका खेतीयोग्य जमिनहरु बाझै रहेको छन् ।
नेपाल सरकारले कृषि क्षेत्रमा ठूलो धनराशी खर्च गर्दै आएको छ । तथापी सम्बन्धित ठाउँमा रकम नपुग्दा कृषकहरुले बर्षरि खानपानका लागि आवश्यक पर्ने अन्नवाली समेत नगाउन नपाएको कृषकहरु बताउछन् ।
कुवाकोट क्षेत्रमा जिल्लाबाट प्राप्त बजेटबाट साना-साना सिचाइ योजना छ । तर त्यी योजनाबाट खेतीयोग्य जमिन धैरै भएकोले सिचाईको अभावमा भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीब बताए । उर्बर भूमि समेत बाझो बनाउनु पर्ने बाध्यता रहेको छ ।
सिचाइको अभावमा सिप र ज्ञान खेरा गएका छन् । सही समयमा जमिनमा सिचाई गर्न नपाउने समस्याले खेतीयोग्य जमिन बाझो भएको स्थानिय कृषक लक्ष्मण कोईरालाले बताए, । खेती गरेर वर्षरिलाई खान नपुग्ने भएपछि मानिसहरु वर्साई-सर्राई गर्दै तर्राई जानेको सङख्या समेत बढदै गएको कृषक कोईरालाको भनाई छ ।
सिचाईको वारेमा सरोकारवालाले चासो नदेखाएको भन्दै स्थानीयवासीहरुकै पहलमा सिचाइ उपभोक्ता समिति गठनको तयारीमा रहेको कृषकहरुले बताए । साना-साना योजनाहरु स्थानिय स्तरमै संचालन गर्ने रकम संकलन तर्फसमेत कृषकहरुले सक्रियता देखाएका छन्।
केन्द्रबाट जिल्लामा कृषि क्षेत्रको विकासका लागि करोडौ रकम कृषकहरुले चाल नै नपाई खर्च हुने गरेको छ । प्राप्त रकमहरु दलका नेताहरुले आफु अनुकुल परिचालन गर्ने गरेको समेत कृषकहरुले आरोप लगाए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com