कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

यस वर्षको एसएलसी परीक्षालाई कडाई गर्ने निर्णय


 यही चैत १० गतेदेखि साचालन हुने यस वर्षको एसएलसी प्रवेशिका परीक्षालाई मर्यादित बनाउन सरकारले कडा नीति लिएको छ । विभिन्न सुरक्षा निकायका उच्चअधिकारीसहितको सहभागितामा शिक्षामन्त्री गङ्गालाल तुलाधरको अध्यक्षतामा आज शिक्षा मन्त्रालयमा बसेको "एसएलसी परीक्षा वोर्ड" को बैठकले परीक्षामा कडाई गर्ने निर्णय गरेको हो ।
विगतका वर्षमा परीक्षामा खुलेआम चिट् चोर्नेलगायतका विकृति देखिएकामा यसपटक त्यस्तो हुन नदिन आवश्यक तयारी भएको मन्त्री तुलाधरले बताउनुभयो । उहाँले चिट चोराउने शिक्षक कर्मचारी वा सुरक्षाअधिकारीलाई सम्बन्धित ऐनअनुसार कारवाही गरिने र त्यस्तो कार्यमा अभिभावक सम्लग्न भएको पाइए सार्वजनिक अपराधको मुद्दा लगाइने निर्णय भएको जानकारी दिनुभयो ।
यसका लागि आवश्यक परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरीको परिचालन पनि गरिने भएको छ । परीक्षालाई मर्यादित बनाउने क्रममा यही चैत ८ गते जिल्ला र स्थानीयस्तरमा सबै सरोकारवालाको सहभागितामा बैठकहरु आयोजना गर्ने निर्णय पनि वोर्डले गरेको छ । यस वर्षको परीक्षामा कुल ४ लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थी र एकहजार ७२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com