नेपाली काग्रेसका ससदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया र संविधान लेखनमा आलटाल गरेर एकीकृत नेकपा माओवादीले स्वर्गिय गिरीजाप्रसाद कोइरालाको आत्मालाइ धोका दिएको आरोप लगाउनुभएको छ।
स्वर्गिय कोइरालाको पहिलो वार्षिकीको अवसरमा चितवनको रत्ननगरमा आयोजित स्मृति सभामा नेता पौडेलले माओवादी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नदिने खेलमा लागेको आरोप समेत लगाउनुभयो।
कोइराला ज्युँदो छँदैदेखि माओवादीले धोका दिएको भन्दै पौडेलले धोकाको सवैभन्दा ताजा उदाहरण सातवुदे सम्झौता भएको वताउनुभयो। सातवुदे सहमति खारेज नभएसम्म काँग्रेस वर्तमान सरकारमा सहभागि हुने र सहयोग गर्ने भन्ने कुरा सोच्न पनि नसकिने पनि पौडेलले स्पष्ट पार्नुभयो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com