जापानको फुकुसिमा दाइची परमाणु ऊर्जा प्लान्टमा सोमबार बिहान अर्को विस्फोट भएको छ। विस्फोटबाट ३ जना घाइते भएको र ७ जना बेपत्ता रहेको एपीले जनाएको छ ।शनिबार पनि सोही भट्टीमा विष्फोट भएको थियो । विष्फोटबाट भवन पूर्णरुपमा ध्वस्त भएको छ । यो विस्फोटबाट रेडियोएक्टिभिटी धेरै चुहिने संभावना धेरै कम रहेकोमा सरकारले आश्वस्त पारेको छ। सरकारका प्रवक्ताले हाइड्रोजनका कारण विस्फोट भएको र त्यसबाट पर्खाल भत्किए पनि विकिरण फैलने गरी मुख्य स्थान विस्फोट नभएको बताएका छन्।
No comments:
Post a Comment
kushmabajar.blogspot.com