प्रदिप पन्त बागलुङ
बागलुङ जिल्लाको तित्याङ गाविस स्थित सिगाना उच्च माध्यामिक बिद्यालयलाई क्याम्पस सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको धनधान्याञ्चल महायज्ञमा १ करोड ४८ लाख ६८ हजार रुपैया संकलन भएको छ । विद्यालयलाई क्याम्पसको रुपमा सञ्चालन गर्नका लागि चैत ३ गतेबाट शुरु गरिएको उक्त धानाध्याचलमा सबैभन्दा बढी तित्याङ गाविस वडा नं. २ गैराफाँटका नरबहादुर खड्काले नगद ५ लाख २५ हजार र ५ लाख भन्दा बढी मुल्य पर्ने जग्गा दान गर्नुभएको थियो । महायज्ञमा २ सय ३४ मुरी धान, २० मुरी चामल समेत संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । त्यस्तै तित्याङ–१ सिमस्वाराका क्याप्टेन खड्कबहादुर खड्काले जग्गा सहित ५ लाख, सिगाना–५ डाडाका सुवेदार बमबहादुर खड्काले जग्गा सहित ३ लाख २५ हजार ८ सय, तित्याङ–२ चितेपानीका सुवेदार टेकबहादुर खत्रीले जग्गा सहित १ लाख ७६ हजार १ सय, तित्याङ–१ कार्कीथरका टिकाबहादुर कार्कीले जग्गासहित १ लाख १२ हजार सहयोग गरी सभानायक बन्नु भएको थियो ।
यस्तै तित्याङ गाविसमा जन्मिएर हाल ललितपुरको बागडोल निवासी नेपाली सेनाका पूर्व सहायकरथी तथा उक्त विद्यालयका पूर्व प्रधानाध्यापक छविलाल खड्काले १ लाख ११ हजार १ सय १ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक तित्याङ–१ सिमस्वारा निवासी महेन्द्र खड्काले १ लाख ११ हजार १ सय १ रुपैया सहयोग गरी सभानायक बन्नु भएको थियो । महायज्ञमा भास्कर पण्डित कमलनयन गौतमले कथा वाचन गर्नु भएको थियो । कार्यक्रममा महायज्ञका कथा वाचक तथा विशिष्ठ अतिथि कमलनयन गौतमले धार्मिक कार्यमार्फत विकास निर्माणमा जुट्न सबैलाई आग्रह गर्नु भएको थियो ।
यसैबीच महायज्ञ समापनका अवसरमा सिगाना र तित्याङ गाविसका ३ सय भन्दा बढीले पण्डित कमलनयन गौतमसंग टिका लगाएर रक्सी, चुरोट, सुर्ति, मासु अबदेखि नखाने प्रतिवद्धता व्यक्त गर्नुका साथै समाजमा झैझगडा नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com