कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सातवुदे सहमतिले दुरगामी असर परेको - काग्रेसका केन्द्रिय सदस्य मान वहादुर विश्वकर्मा


संजय सौगात 
बुटवल,११ चैत–नेपाली काग्रेसका केन्द्रिय सदस्य मान वहादुर विश्वकर्माले एमाओवादी र एमालेले जालजेलको सातवुदे सहमति गरेको भन्दै उक्त सहमति रद्द गर्नु पर्ने बताएका छन । एमाले एमाओवादीको सातवुदे सहमतिले दुरगामी असर परेको भन्दै उनले उक्त सहमति खारेज गर्नुपर्ने बताएका हुन ।
शुक्रबार रिर्पोेटस क्लव लुम्विनीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दे केन्द्रिंय सदस्य बिश्वकर्माले यस्तो बताए । सादवुदे सहमतिबाट एमाले माओवादीले एकदलिय तानाशाही संविधान बनाउन खोजेको आरोप लगाउदै उनले काग्रेसले कुनै हालतमा पनि उक्त सपना पुरा हुन नदिने बताए । ‘एमाले माओवादी तानाशाही संविधानको पक्ष्ाँमा छन ।’ उनले भने ‘तर नेपाली काग्रेसले उनीहरुको त्यो सपना कुनै हालतमा पुरा हुन दिंदैन । हामी त्यसको विरोध गर्न तयारी अवस्थामा छौ । ’ माओवादी लडाकुहरुलाई छुट्टै फोर्स गठन गर्नै भन्ने सम्वन्धमा उनले माओवादीले छुट्टै फोर्सको नाममा लडाकुलाई आगामी निर्वाचनमा प्रयोग गर्ने सोच बनाएको आरोप लगाए । अहिलेको अवस्थामा माओवादीका केही नेताहरुलाई माओवादी लडाकु र नेपाल सरकारका सुरक्ष्ाँकर्मी दुवैले सुरक्षा दिइरहेको भन्दै उनले दोहोरो सुरक्षा नीतीको अन्त्य गरिनुपर्नै बताए । दुई तिहाई शक्तिको आडमा एमाले माओवादीले लोकतन्त्रलाई ओझेलमा पारेर संविधान बनाउन खाजेको उनको आरोप थियो । उनले आफ्नो पार्टील सरकारमा नजाने भनेर पहिले नै निर्णय गरिसकेकाले यो सरकारमा सहभागी नहुने उनले आसय व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता रिर्पाेटर्स क्लव लुम्विनीका अध्यक्ष प्रकास खनालले गरेका थिए भने संचालन सचिव सुरज भण्डारीले गरेका थिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com