कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

युवा पुस्ताहरु रोजगारको खोजीमा पर्वतका विभिन्न गाउँमा समस्या उब्जिन थाले


मुलुकभित्र कुनै रोजगारीको श्रोत नभएर युवा पुस्ताहरु रोजगारको खोजीमा बाह्य मुलुकमा छिर्ने क्रम बढ्दै गएपछि पर्वतका विभिन्न गाउँमा समस्या उब्जिन थालेको छ । घरायसी काम तथा खेतीपाती लाउने र भित्राउने समयमा गाउँमा युवाहरु नभएपछि बुढापाकाहरुले सास्ती भोग्दै आएका छन् ।
पर्वतका अधिकांश ग्रामिणबासीहरुको समस्या हो यो । मुलुकमा द्वन्द मच्चिदाको समयमा कतिपय युवाहरु घर गाउँ छाड्न बाध्य भए भने कतिपय परिवारको आर्थिक स्रोत कमजोर बन्दै गएपछि बैदेशिक रोजगारीमा लागेका छन् । नेपाल सरकारले युवा लक्षित विभिन्न सिपमुलक कामहरु साचालन गरेपनि सिप सिकेका युवाहरुले त्यही प्रमाणपत्र लिएर बैदेशिक रोजगारीमा जाने गरेका छन् ।
गाउँमा युवाहरु नभएपछि यता दक्ष जनशक्तिको अभाव बढ्दै गएको त छ नै त्यसमा पनि युवाहरु घर छाडेर विदेशीएपछि पारिवारिक काममा समेत परिवारलाई जटिलता उत्पन्न भएको छ । गाउँका युवाहरु विदेशीएपछि गाउँमा समस्या आएको प्रसंग औल्याउँदै देउपुर ६ का कलाधर चापागाईले भन्नुभयो ुस्वदेशमा नै कुनै अवसर पाएको भए त बेलाबखत भएपनि युवाहरु गाउँमा आउँथे अनि धेरथोर सहयोग पुग्ने थियो नि ु उहाँले भन्नुभयो ुविदेशीएपछि बर्षौ सम्म आउँदैनन् अनि समस्या झन् थपिँदै जान्छ ।ु
अहिले गाउँमा खेतीपाती भित्राउने चटारो मच्चिइरहेका बेला तिनै गाउँका पुरानो पुस्तालाई भ्याइनभ्याई छ । मिर्मिरेमा घरबाट निस्केर खेतबारीमा पसेका कृषकहरु राती अबेर सम्म घरको आगनमा टेक्न पाएका छैनन् । देउपुर ६ कि माया खत्रीले दुखेसो पोख्दै भन्नुभयो ुश्रीमान्को मृत्यु भयो छोरा सानो छु उहाँले भन्नुभयो ुगाउँमा युवाहरुपनि नभएपछि आफै अर्मपर्म गरेर कामधन्दामा घोटिनुपरेको छ ।ु
गाउँका युवाहरु पलायन हुदै गएपछि अहिले गाउँका कुनै मानिसहरु मर्दापर्दा बोकेर घाटसम्म पुर् याउन समेत कठिन हुने गरेको छ । कुनै गाउँमा केही मात्रामा युवा जनशक्ति भएपनि जुनसुकै समयमा तिनै युवाहरुले दुःख पाउने गरेको आर्थर गाविस १ का गोविन्द पौडेलले बताउनुभयो । पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दा पर्दाको समयमा गाउँमा भएका दुई चार जना युवाहरुले दुःख पाउने गरेको उहाँको भनाई थियो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com