कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतमा वीसवर्ष पहिले स्थापना गरिएको नारिशिल्प केन्द्र आर्थीक संकटमा

पर्वतमा वीसवर्ष पहिले स्थापना गरिएको नारिशिल्प केन्द्र आर्थीक संकटमा परेपछि अहिले गाईवस्तु पाल्ने गाईगोठ वनेको छ । संवन्धित निकायको वेवास्थाको कारण सो नारी शिल्प बहुउद्धेश्य सहकारी केन्द्रको भवन समेत जिर्ण भएको हो ।२०४६ सालमा स्थापना गरिएको सो केन्द्र आर्थीक संकटका कारण ८ वर्षदेखी गाईवस्तु पाल्ने ठाउ“ वन्नुको साथै भवन संरक्षणको अभावमा जिर्ण वन्दै गएको छ । उक्त नारी शिल्पकेन्द्र २०४६ साल माघ ९ मा तत्कालीन रानी एैश्वर्यले शिलन्यास गरेकी हुन् ।महिलाहरुले नया“ नया“ संस्थाहरुको खोजी गरिरहेकै वेला पुरानो संस्थाहरुलाई वेवास्ता गरेपछि धरासायी वन्नुको साथै नारीहरुलाई सिकाउन तत्कालिन सरकारले दिएका लाखौ रुपैयाका सामाग्रीहरु अहिले अलपत्र वनेका छन् ।पर्वतको पहिलो तथा राष्ट्रिय मान्यता पाएको उक्त नारी शिल्प केन्द्रमा वर्षेनी ५० भन्दा वढी महिलाहरुलाई आत्मनिर्भर वनाईदै आईएको थियो । भवन जीर्ण वन्दै गएको छ । भवनका झयाल तथा ढोकाहरु भत्किएका छन् ।नारी शिल्प केन्द्रमा अहिले पर्वतको चुवा गविसका एक घर परिवारले निवास स्थानको रुपमा प्रयोग गरि गाईवस्तु पाल्दै आएका छन् ।सिप र दक्षताको आवश्यक्ता परेकै वेला सो भवनको संरक्षण गर्न आफु लामो समय देखी वस्दै आएको की चेत कुमारी सुवेदी वताउ“छिन् ।उनी आफुलाई सुकुम्वासी वताउ“छिन्, उनले गाई भैसी पालेर दुध विक्रि गरी छ जनाको परीवारको जिविकोपार्जन सोही कार्यालयवाट गर्दै आएकी छिन् ।उक्त नारिशिल्प केन्द्रमा रहेका सामाग्रीहरुको संरक्षण गर्नुको सट्टा लाखौं मुल्य परेका मेशीनहरुको संरक्ष्ँणमा ध्यान गएको छैन् । उनले कार्यालय सञ्चालनमा आउनुपर्ने वताउ“छिन् ।करिव २ रोपनी जग्गामा रहेको भवन शिलन्यास लगत्तै राजनैतिक परीवर्तनको प्रभावको कारण त्यसको संरक्षण विकासमा कठिनाई सिर्जना भएको नारी शिल्प केन्द्रकी अध्यक्ष मान कुमारी गीरीले वताईन् ।उनले महिलाहरुको सर्वाङ्गगिण विकास गर्ने उद्धेश्यले घरेलु संग समन्वय गरि ढाका उद्योग सीपमुलक कार्यक्रम, धागो उद्योग, हजारी मेशीन लगायतका सीप सम्वन्धी कार्यक्रमहरु सञ्चालन गरेपनि  आर्थिक संकटका कारण पुनः सञ्चालनमा  कठिनाई भएको वताईन ।अहिले ती मेशीनहरु अलपत्र संरक्षणको अभावमा अलपत्र परेका छन् । आफ्नै सक्रियतामा २०४६ सालमा भवन निर्माण गरि लघुउद्यमका सामाग्रीहरु जुटाएको भए पनि सञ्चालन गर्न नसक्दा भएको रकम तथा सामाग्रीहरु जिविसमा वुझाएको वताईन् । यसरी वुझाएको ८ वर्ष पछि रकम फिर्ता लिन सफल भएको तर अन्य सामाग्रीहरु फिर्ता नगरीको उल्लेख गर्दै उनले कही कसैको सहयोग नपाएको र संवन्धित निकायले वेवास्था गर्दा भवनको जिर्णोद्धार गर्न नसकीएको उनको भनाई छ । गीरीले फेरी सञ्चालन गर्ने वताईन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com