विपन्नहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका विभिन्न गाविसका एक हजारभन्दा बढी परिवारलाई बाख्रा दिइएको छ । गरिबीका कारण वैकल्पिक पेसा गरी आयआर्जन गर्न नसकेका ग्रामीण क्षेत्रका किसानलाई उपहारस्वरुप सो दिइएको हो ।
रोजगारीका लागि अर्को कुनै विकल्प नपाएका परिवारलाई बाख्रा सहयोग पाएपछि उनीहरु व्यवसायी बन्दै गएका छन् । जिल्लाका नाङ्लिवाङ पाङ दुर्लुङ खुर्कोट देउपुर तिलाहार चित्रे ठूलीपोखरी पकुवा र खौला गाविसका ४० भन्दा बढी समूहमा आवद्ध किसानलाई व्यावसायिकरुपमा लागेर आयस्तर उकास्न सो सहयोग गरिएको हो ।
जिल्लामा साचालित चौतर्फी स्रोत विकास माच र ऊर्जा तथा वातावरणीय विकास संस्था सिड नेपालको पहल र हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा दुई-दुईवटा बाख्रा दिइएको छ ।
विगत तीन वर्षदेखि सुरु गरिएको कालीगण्डकी स्वावलम्बी परियोजना र मोदीखोला सामुदायिक परियोजनामा आवद्ध मूल तथा पाषण समूहलाई बाख्रा सहयोग गरेपछि अहिले उनीहरुको आयस्तरमा सुधार आएको बताइएको छ ।
करिब रु ९५ लाखको लागतमा उक्त दुई परियोजना साचालनमा आएका हुन् । परियोजनामा संलग्न परिवारलॆ अहिले प्रत्येकले वार्षिकरुपमा रु ४० देखि एक लाखसम्म आम्दानी लिँदै आएका छन् । उनीहरुलाई बाख्राका अतिरिक्त विभिन्न किसिमका घाँस तरकारीखेती र आयआर्जनका लागि दर्जनाँै तालिमसमेत दिइएको छ ।
हेफरको सहयोगमा विभिन्न तालिम र बाख्रा पाएपछि आयआर्जनमा सुधार आएको ज्ञानज्योति महिला समूह नाङ्लिबाङकी बिजुली जिसीले बताउनुभयो । दुईवटा बाख्रासँगै विभिन्न आयआर्जनसम्बन्धी तालिम दिएकाले भगवान् जस्तै मान्ने गरेका छौँ उहाँले भन्नुभयो ।
उहाँले बाख्रासँग्ौ कुखुरा र तरकारीखेती गरेर रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । थोरै लगानीमा गतिलो आम्दानी गर्न सकिने भएकाले अन्य पेसाभन्दा बाख्रापालनतर्फ ग्रामीणवासीलाई आकर्षित गरिएको संस्थाले जनाएको छ ।
धन कमाउन विदेश नै जानु पर्दैन गाउँमै व्यावसायकिरुपमा लाग्ने हो भने मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण अहिले ग्रामीण क्षेत्रका किसान बनेका छन् । आर्थिक अभावका कारण मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने गरेका थियौँ दुर्लुङ गाविसका होमबहादुर थापाले भने-अहिले आफ्नो जीवनस्तरमा नै परिवर्तन आएको छ ।
बाख्रापालनमा लागेपछि आफ्नी श्रीमती जिल्लाकै नमुना किसान बन्न सफल भएको उहाँले बताउनुभयो । संस्थाले सामान्य सहयोग गरेपछि उन्नत जातका बाख्रा किनेर पालेपछि वार्षिक रु एक लाखभन्दा बढी कमाउन सफल भएको तिलाहार-६ की सेती जिसीले बताउनु भयो । उहाँ भन्नुहुन्छ- "दुईवटा बाख्रापालनबाट डेढ वर्षको अवधिमा रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएँ ।" व्यवसाय सुरु नगरुन्जेल हजारौँ ऋण लागेको थियो व्यवस्थितरुपमा बाख्रा पाल्न थालेपछि सबै चुक्ता गरेर बचतसमेत हुन थालेका छ उहाँले बताउनुभयो ।
तीन वर्षका लागि साचालित दुई परियोजनाको अवधि पूरा भइसकेको छ । आफूहरुलाई व्यावसायिकरुपमा लाग्न अभिप्रेरित गरेर अहिले आत्मनिर्भरको बाटोमा लागेको भन्दै आगामी दिनमासमेत नियमित सल्लाह र सहयोग गर्न आग्रह गरेका छन् । संस्थाले मूल समूहलाई रु पाँच-पाँच हजारका बाख्रा सहयोग गरेपछि मूल संस्थाले पाषण संस्था बनाएर अर्को समूहलाई सहयोग गरेका थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com