गणेश पौडेल बागलुङ
सरकारले सूचना र सञ्चारको पहुँच ग्रामीण क्षेत्रका जनतासम्म पु¥याउने नीति ल्याएपछि यतिबेला धौलागिरी अञ्चलका ४ जिल्ला सञ्चारमय हुन पुगेको छ । नेपाल टेलिकमले धौलागिरी अञ्चलको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा टेलिफोन, पोष्टपेड, प्रिपेड मोवाइल, स्काई पोष्टपेड, प्रिपेड, सिडिएमए फोन र एडिएसएल इन्टरनेट सेवा लिने उपभोक्ताको संख्या १ लाख ५४ हजार पुगेको छ ।
नेपाल टेलिकमले बागलुङमा टेलिफोन २ हजार ७ सय ३२, म्याग्दीमा १ हजार २३, पर्वत जिल्लामा १ हजार १ सय ९३ र मुस्ताङ जिल्लामा १ सय ९४ गरी ५ हजार १ सय ४४ लाइन टेलिफोन वितरण भैसकेको नेपाल टेलिकम बागलुङका प्रमुख बमबहादुर श्रीसले बताउनु भयो । टेलिकमले वितरण गरेको पोष्टपेड मोवाइलको सिमकार्ड बागलुङमा १ हजार २ सय ७९, म्याग्दीमा ४ सय ६८, पर्वतमा ३ सय ९ र हिमाली जिल्ला मुस्ताङमा १ सय १ जनाले पोष्टपेड मोबाइल प्रयोग गरिरहेका छन् ।
सरकारले ग्रामीण क्षेत्रका सर्वसाधारण समेत सर्वसुलभ रुपमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले ल्याएको प्रिपेड मोबाइलको प्रयोगकर्ता बागलुङ जिल्लामा ६८ हजार ५ सय ९३ जना, म्याग्दी जिल्लामा २४ हजार ७ सय ७५ जना, पर्वत जिल्लामा २९ हजार २ सय ६० जना र मुस्ताङ जिल्लाका ३ हजार ५ सय ९ जना रहेको प्रमुख श्रीसले बताउनुभयो ।
यस्तै ग्रामीण क्षेत्रमा समेत सजिलै नेटवर्कको सुविधा भएको स्काई पोष्टपेड मोबाइल बागलुङमा १ हजार २ सय ५ र मुस्ताङ जिल्लामा ८९ गरि १ हजार २ सय ९४ जना प्रयोगकर्ता रहेका छन् । स्काई प्रिपेड मोबाइल प्रयोगकर्ता बागलुङ जिल्लामा ८ हजार २ सय ३८, म्याग्दीमा ४ हजार ९ सय १३, पर्वत जिल्लामा २ हजार २ सय ९१ जना र मुस्ताङ जिल्लामा १ हजार ७ सय ३४ जना गरि धौलागिरी अञ्चलमा १७ हजार १ सय ७६ जना उपभोक्ता पुगेका छन् ।
टेलिकमले प्रयोगमा ल्याएको सिडिएमए पोष्टपेड टेलिफोन बागलुङ जिल्लामा १ सय ६९ जना र प्रिपेड बागलुङ जिल्लामा ७ सय ९, म्याग्दी जिल्लामा ३ सय ६० र पर्वत जिल्लामा ४ सय ९२ जना प्रयोगकर्ता रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले इन्टरनेट सेवा छिटो छरितो र भरपर्दो बनाउन अघि सारेको एडिएसएल प्रयोगकर्ता बागलुङ जिल्लामा २ सय १४, म्याग्दीमा २४, पर्वतमा ४१ र मुस्ताङमा ४० गरि ३ सय १९ जनाले सो लाइन लिएको तथ्याङ्क छ ।
टेलिकमले क्षमता भन्दा बढी मोबाइलको सिमकार्ड बितरण गर्ने तर नेटवर्कको लागि टावर नथप्ने गुनासो बढी रहेको समयमा टेलिकमले बागलुङ जिल्लामा मोबाइल टावर १९, म्याग्दीमा ९, पर्वतमा १४ र मुस्ताङ जिल्लामा ६ गरी ४८ वटा पु¥याएको छ । त्यस्तै स्काईको लागि बागलुङ जिल्लामा ६ म्याग्दी जिल्लामा ४ पर्वतमा ३ मुस्ताङमा ६ गरि १९ वटा टावर निर्माण सम्पन्न भर्य प्रयोगमा आइसकेको टेलिकमले जनाएको छ । धौलागिरी अञ्चलमा नेपाल टेलिकमको अलावा एनसेल, यूटिएल, स्मार्ट कम्पनीले पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com