बिगत एक महिनादेखि पर्वतमा खाना पकाउने एलपी ग्याँसको हाहाकार परेको छ । बाहिरी जिल्लाबाट लामो समय सम्म ग्यास नभित्रिदा खाना पकाउने ग्यासको अभाव भएको हो । एलपी ग्यासको अभाव हुँदा सर्वसाधारणहरु मारमा परेका छन् ।
जिल्लामा प्रयोग गरिदै आएको शक्ति र गृहलक्ष्मी ग्यासको अभाव खड्किएपछि सर्बसाधरण भोकभोकै बस्नुपर्ने अबस्था सृजना भएको छ । ग्यास आपुर्ती नभएपछि अभाव भएको व्यावसायीहरुले बताएका छन् । हरेक दिनजसो बाहीरबाट ग्याँस आपुर्ती हुने गरेको भएपनि यसपटक भने फागुन ९ गते देखि बाहिरबाट ग्याँस आपुर्ति भएकाले अभाव खड्कीएको हो ।
पर्वतमा पोखराबाट ग्याँस आपुर्ति हुने गरेको छ । ग्याँस आपुर्ति नियमित नहुँदा कुस्माबजारका ग्यास बिक्री डिलरका संचालकहरु रित्ता सिलण्डर राखेर बस्न बाध्य भएका छन् । डिपो साचालक देब शर्माका अनुसार कुस्माबजारमा एक हप्तामा एक हजार भन्दा बढि सिलीण्डर ग्याँस खपत हुने गरेको छ ।
नियमित रुपमा ग्याँसको आपुर्ति हुन नसकेकाले ग्राहकहरुलाई रित्तो हात फर्काउनुपरेको शर्माले बताउनुभयो । ग्यास आपुर्तीका लागि नियमीत ताकेता गरिरहेको भएपनि पर्वतमा नभित्राएको गुनासो उहाको छ । पर्वतमा पाँच हजार भन्दा बढि ग्यासको प्रयोगकर्ताहरु रहेका छन् । केही दिन अगाडि गृहलक्ष्मी ग्याँस कम मात्रामा आएकाले तानातान भएको छ ।
लामो समयदेखि ग्याँस नआउँदा मट्टितेल र दाउराको उपभोग गर्न बाध्य भएका छन् । स्थानीय एक होटल संचालक पुष्पराज चापाँगाईले लामो समयसम्म ग्यास नपाईएपछि दाउँरा र मटिट्टतेलमा पकाउनुपरेको बताए । पर्वतमा दुई दर्जन भन्दा बढि ग्याँस विक्रेताहरु रहेका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com