लोडसेडिङ्गले देश आक्रान्त बनिरहेको बेला म्याग्दीको कुइनेमंगल गाविसमा स्थानीयबासीले आफ्नै प्रयासमा विजुली बालेर गाउँलाई झलमल्ल पारेका छन् । ‘आफ्नो गाउं आफै बनाऔँ’ भन्ने उद्देश्यका साथ प्रतिघरधुरीले तीन महिनासम्म निरन्तर श्रमदान गरी गाउंलाई झलमल्ल पारेका हुन् ।
वडा नं ६ स्थित छहरेखोलाबाट १५ किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि सदिऔँ देखि दियालो र टुकीको भरमा ब्यतित जीवनशैलीमा परिवर्तन आउन थालेको छ । गाउँ र गाविसलाई लोडसेडिङ्ग मुक्त गर्ने अभियानमा विभिन्न संघसँस्था र जिल्ला विकास समितिले पनि सहयोग पुर्याएको उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले बताए ।
अरु गाविसको तुलनामा दुगम मानिने कुइनेमंगले जिल्ला सदरमुकाम बेनीदेखि दुइदिनको पैदलदुरीमा पर्छ । अध्यक्ष छन्त्यालका अनुसार, आयोजना सम्पन्न गर्नका लागि स्थानीयबासीको दैनिक श्रमदानका अतिरिक्त गाविसको तीन आर्थिक बर्षो बजेटबाट १६ लाख, डिसीआरडिसी बाग्लुङ्गबाट २२ लाख, जिल्ला विकास समिति म्याग्दीबाट चार लाख १६ हजार, गाविसबाट काठमाडौँ बर्साईसरार्ँइ सरेर गएकाहरुबाट तीनलाख तथा वन कार्यालय अर्न्तगत भिएफसीसी नाम कार्यक्रमबाट ५० हजार र चन्दासंकलनबाट दुइलाख रुपैयाँ गरी जम्मा ४७ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ ।
‘अझै तीन लाख जति रकम अपुग छ, जिविसमा माग गर्ने योजना बनाएका छौँ, उनले भने-’काठमाडौँमा रहनुभएका दाजुभाईहरुको ठुलो सहयोग रहृयो ।’ आयोजनाबाट गाविसको वडा ५, ६, ७ र ८ का एकसय घरधुरी प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन् । त्यसका अतिरिक्त वडा १, २ र ३ मा पनि विस्तार गर्ने योजना बनाईएको छ । वडा नं ४ र ९ मा भने स्थानीयले यसअघि नै विजुली निकालेर प्रयोग गरिरहेका छन् ।
गाउँमा विजुली बलेपछि बालबालिका देखि बृद्धबृद्धासम्मलाई सहज भएको अध्यक्ष छन्त्यालले बताए । छहरेखोलाको मुख्यस्थानबाट पाँच मिटर तल पावरहाउस निर्माण गरिएको छ । कुलो मार्फ पानी खसालेर विजुली उत्पादन गरिएको छ । विजुलीबाट विद्यार्थीहरुलाई धेरै फाईदा पुग्ने रितुङ्ग निमाविका प्रधानाध्यापक रेश बहादुर विकले बताए
No comments:
Post a Comment
kushmabajar.blogspot.com