गणेश पौडेल
पर्वत । यहाँको एक दुर्गम गाउँमा संचालन भएको सामुदायीक विद्यालय जिल्लाकै नमुना बनेको छ । पर्वत जिल्लाको चित्रे गाबिसको वडा नं १ ओडारे गाउँमा रहेको पाचकोशी प्राथमिक बिद्यालय ब्यबस्थापन र शैक्षिक गुणस्तरका हिसाबले नमुना बिद्यालय बनेको छ । यहाँ शिक्षण शिक्षक तथा बिद्यार्थीको लगनशीलता पनि नमुना नै बनेको छ ।
सामान्यतः सरकारी बिद्यालयहरुमा बिद्यार्थीले अतिरिक्त कि्रयाकलाप नगर्ने वाताबरण जताततै फोहोर कक्षाकोठा अब्यबस्थित पोशाक नलगाउने र शिक्षकले राम्रो संग नपढाउने समस्या जताततै देखिन्छ । तर पाचकोशी प्राबि यी सबैकुराबाट माथि छ । शिक्षक बिद्यार्थी र अभिभाबकको सहयोगले यो बिद्यालयले राम्रा निजी बिद्यालयको भन्दा उत्कृष्ट ब्यबस्थापन र शिक्षण बिधी अपनाउँदै आएका छन । ुसबै समय बिद्यालयको लागि सोच्ने हो भने परिर्वतन गर्न सकिदो रहेछ ।ु शिक्षक मधुसोदन अधिकारीले भन्नुभयो ।
बिद्यालयमा बिहान आउनेबेला बिद्यार्थीले पहिले कक्षाकोठा सफा गर्छन वरपर भएका कागज र फाहोर टिप्छन अनि लाइनमा लाग्छन । कक्षाकोठा सफ ागर्न प्रधानाध्यपाक शुसिला गुरुङ्ग र शिक्षकहरु समेत बिद्यार्थी संगै लाग्छन । बिद्यालयको वरपर फुलैफुल रोपिएको छ शिशु देखि पाँच कक्षा सम्मका बिद्यार्थीहरुले फुल टिप्दैनन । ुवरपरको वाताबरण सफा बनाउन शिक्षकहरु नै कुचो लिएर िहंडेपछि अरु बिद्यार्थीले त बिग्रार्ने कुरै नआउँदो रहेछ ।ु प्रअ शुशिला गुरुङ्गले भन्नुभयो । बिद्यालयका चर्पीहरु सुबिधा सम्पन्न होटलमा जस्तै सफा राखिएका छन । हेर्दा लाग्छ यो बिद्यालयका बिद्यार्थीबाट धेरैले सभ्यताको पाठ सिक्न सक्छन ।
बिद्यार्थीले बिहान प्रार्थनाको समयमा बोली पनि नफुटेका बालबालिकाले समेत कबिता सुनाउँछन कथा भन्छन अनि चुटकिला र सामान्यज्ञानका कुरा पनि सोध्ने गर्छन । अतिरिक्त कि्रयाकलापले गर्दा बिद्यार्थीहरुमा सृजनात्मकता बढेको शिक्षक अधिकारीले बताउनुभयो । नेपालका ठुला र सुबिधा सम्पन्न बिद्यालयमा पनि हुँदैनन शिक्षक र बिद्यार्थीले पालना गर्नुपर्ने अनुशासनका कुरा । तर यहाँका प्रत्येक कोठामा शिक्षक बिद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता टाँगिएको छ पालना पनि उत्तिकै गरिदै आएको छ । सबै कोठामा घडी देखि सुचना पार्टी सम्म राखिएको छ । बिद्यालयमा नमुना पुस्तकालय पनि छ । बिद्यार्थीले अनुशासन पुर्बक यो पुस्तकालयमा पुग्ने र अध्ययन गर्दै आएका छन । बिद्यार्थी र शिक्षकको प्रयासमा चार महिना पहिले देखि नियमित रुपमा भित्ते पत्रिका प्रकाशन भएको छ ।पर्वत जिल्लामा त नमुना बिद्यालयको रुपमा यसले धेरै पुरस्कार पाइसकेको छ । प्रधानाध्यापक शुसिलादेबी गुरुङ्गको प्रयास शिक्षक र बिद्यार्थी अनि अभिभाबकको साथका कारण बिद्यालय मुलुककै नमुना बिद्यालय बनेको छ । बिद्यालयले अब अंग्रेजी माध्यममा अध्यापन शुरु गर्ने योजना बनाएको छ । भिरालो भु-भागमा बनेकाले जग्गा अभाबले नयाँ भवन निर्माण नहुँदा कक्षाकोठाको अभाबमा अंग्रेजी पढाउन सकिने छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com