एकीकृत नेकपा माओवादीका महासचिब रामबहादुर थापा बादलले जेठ १४ भित्र नागरिकको अपेक्षा अनुसारको नयाँ संविधान जारी गर्ने अवस्था नरहेकोले संविधानसभाको म्याद थप्न सकिने बताउनुभएको छ ।माओवादी बाग्लुङले बुधबार विहान आयोजना गरेको कार्यकर्ता भेटघाटमा महासचिव बादलले यस्तो कुरा बताउनुभएको हो । उहाँले संविधानसभाको म्याद दुई महिना मात्र बाँकी रहेकोले यो अवस्थामा जेठ १४ भित्र संविधान जारी हुनेमा शंका उत्पन्न भएको बताउनुभयो ।
महासचिव बादलले सार्थक संविधान निर्माणका लागि ३ देखि ६ महिनासम्म संविधानसभाको म्याद बढाउन सकिने बताउनुभयो । उहाँले माओवादी जेठ १४ भित्रै नयाँ संविधान जारी गर्ने पक्षमा रहे पनि देशी विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुले संविधान बनाउन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो
No comments:
Post a Comment
kushmabajar.blogspot.com