कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्बतको खोरपोखारा मा कम्प्युटर शिक्षा लिन पाएपछि स्थानीय युवा युवती हरु उत्साहित

पर्बतको उराम गा.बि.स स्थित ईलाका कार्यालय खोरपोखारा मा कम्प्युटर शिक्षा लिन पाएपछि स्थानीय युवा युवती हरु उत्साहित बनेका छन् |बिधुत सेवा आएपछि कार्यालयमा युवायुवती हरुले  कम्प्युटर शिक्षा घर नजिकै सिक्न पाएपछि दङ्ग परेका हुन् | गाउँमा बिधुत सेवा नपुगेकोले कम्प्युटर सिक्न धेरै टाढा जानु पर्थ्यो तर अहिले बिधुत सेवा पाएपछि हुलाक सेवाले कम्प्युटर,फ्याक्स फोटोकपी दिदै आएको छ | 
     जिल्ला हुलाक कार्यालय पर्बत को सहयोग मा हुलाक बिभाग बाट लो पावर को सोलार दुइथान कम्प्युटर ,एक थान फोटोकपी र एकथान लेमिनेसन मेसिन उपलब्ध गराएपछि कम्प्युटर शिक्षा  दिन थालिएको हो |कम्प्युटर शिक्षा दिन को लागि एक जना शिक्षक समेत राखिएको छ |कम्प्युटर सिकाउने हुमकला काफ्ले ले भन्नु भयो कम्प्युटर शिक्षा दिन थालेपछि युवायुवती हरु मात्रै होइन आमा बनिसकेका महिला हरु पनि कम्प्युटर तर्फ आकर्षित भैराखेका छन् | उच्च शिक्षा पाएर पनि कम्प्युटर सिक्न पाएका थिएनौ कम्प्युटर सिक्दै गरेकी दुइ बच्चा कि आमा सावित्रा काफ्ले ले भनिन घरमै बसेर कम्प्युटर सिक्न पाउदा खुसि लागेको छ |
         एक्काईसौं शताब्दी सूचना संचारको युग हो ,संचार ले बिश्वो लाई नै एकै ठाउँमा पुर्याईरहेपनि हाम्रा ग्रामिण भेग मा बसोबास गर्ने स्थानीयबासीले कम्प्युटर उपयोग गर्न पाएको पाईदैन|गाउँमा कम्प्युटर नहुदा धेरै खर्च गरेर बजारमा सिक्न आउनुपर्थ्यो अहिले घरमै बसेर कम्प्युटर शिक्षा पाएपछि स्थानीयबासी खुसि भएका छन् |

No comments:

Post a Comment

kushmabajar.blogspot.com