धन बस्नेत-पोखरा, आगामी पाँच वर्षभत्रमा नेपाल दुरसञ्चार प्राधिकरणले हिमाली दशजिल्लाको सदरमुकाममा अप्टिकल फाईबर बिच्र्छाईसक्ने लक्ष्य लिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामीण क्षेत्रमा सूचना तथा सञ्चारको पहुँच पुर्याउन पचहत्तरै जिल्लामा अप्टिकल फाईबर लाइन विस्तार गर्ने तयारी गरेको हो । फाईवर बिच्छाएपछि नेपालका ग्रामीण भेगमा संचारको पहुँच सहज रुपमा पुग्ने प्राधिकरणले दावी गरेको छ । प्रत्येक जिल्लाका सदरमुकाममा फाईवर लाईन बिछाएर ग्रामीण क्षेत्रका र्सवसाधारणसमक्ष सूचना तथा संचारको पहुँच पुर्याउने प्राधिकरणले बताउँदै आएको छ । प्राधिकरणले पुर्व मेचिदेखि पश्चिम महाकालीको ६४ जिल्लामा अप्टिकल फाईवर बिच्र्छाईसकेको छ ।
‘पाँच वर्षभत्रमा ११ वटै जिल्लामा अप्टिकल फाईबर बिच्र्छाईसक्ने लक्ष्य लिएका छ ।’ नेपाल टेलिकमका निमित्त प्रबन्धक विमल आचार्यले पोखरामा आयोजित कार्यक्रममा भन्नुभयो-’फाईबर बिच्छयाएपछि सूचना र सञ्चारको पहुँच सबैमा पुग्छ ।’ अप्टिकल फाईबर बिच्छाउनका लागि अध्ययन कार्य गरी टेन्डर आहृवानको तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला, जुम्ला, मुस्ताङ, मनाङ लगाएतका जिल्लाहरुमा फाईबर बिच्छाउने कामको तयारी भैरहेको छ । ‘फाईबर बिच्छयाउन ६ अर्ब रुपैँया खर्च लाग्ने प्राधिकरणले अनुमान गरेको छ ।’ उहाँले भन्नुभयो-’ दुरसंचार विकास कोषले पनि अध्ययन गरि रकम छुट्टाउने छ ।’ ग्रामीण भेगमा सूचना प्रविधिको चुनौती र अवसर कार्यक्रमा बोल्दै ग्रामीण दुरसञ्चार विकास कोष परिचालन समितिका सचिव विजयकुमार रायले कमजोर आयस्रोत, कठिन भौगोलिकस्थिति, लगानी अनुरुपको प्रतिफल नपाउने, विद्युत सडक लगायतका पुर्वाधार अभावले ग्रामीण क्षेत्रमा सूचना तथा सञ्चारको सहज पहुँच पुर्याउन कठिनाई भएको बताउनुभयो । उहाँले अप्टिकल फाईबर बिस्तारसँगै ग्रामीण क्षेत्रमा दुर सञ्चारको पुर्वाधार स्वरुप टावर निर्माण कार्य गर्न आवश्यक अध्ययन भइरहेको जानकारी दिनुभयो । दुर सञ्चार प्राधिकरणको सहयोगमा नेपाल इन्जिनियरिङ पुर्वाधार विकास समाजद्वारा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमा पोखरास्थित दुर सञ्चार प्राधिकरणका प्रमुख प्रकाशलाल प्रधानले मनाङको सदरमुकाममा चामेमा फाइबर लाइन विस्तार गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार ९ सय १५ गाविसहरुमा टेलिफोन सुविधा पुगिसकेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com