कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बाग्लुङ समाज बेल्जियमको स्थापना


गत ०७ मार्च २०११ सोमबारको दिन बाग्लुङ जिल्लाको बिकास स्वास्थ्य, शिक्षा तथा आपतकालिनन मानविय सेवामा  सहयोग गर्ने उद्धेश्यका साथ स्थापना गरिएको बाग्लुङ समाज बेल्जियमको  प्रथम अधिवेसन भब्यताका साथ सम्पन्न भएको छ । धौलागिरी अंचलमा पर्ने बाग्लुङ जिल्लाबाट बेल्जीयममा आई बसोवास गरिरहेका नेपालीहरुले  आफ्नो मातृभुमी प्रतिको माया र आफ्नो कर्तव्य बोध गर्दै प्रवासमा छरिएर रहेका बागलुङवासीहरु लाई एकतावद्ध गरी बाग्लुङ जिल्लामा स्वास्थ्य, शिक्षा  र आपकालिन मानविय सेवाका क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले  बाग्लुङ समाज बेल्जियमको स्थापना गरिएको बताएइको छ ।

कार्यक्रमका प्रमुख अतिथी एन आर एन बेल्जीयमका अध्यक्ष पिजी शेर्पाले हामीले सिकेको सिप र पुंजीलाई लगानी जुनसुकै तरिकाबाट भए पनि गरिनु पर्दछ अन्यथा व्यक्ति जति संमृद्ध भए पनि देश संमृद्ध भएन भने हाम्रो अन्तराष्टिय हैषियत संधै तल नै हुने बताउनु भयो । नेपाली दुतावास बेल्जीयमका उपनियोग प्रमुख दीपक धिताल,  एन आर एन आइ सि सी सदस्य अर्जुन कुमार श्रेष्ठ, जन संपर्क समितिका अध्यक्ष गंगाधर गौतम , रा,प्र,पा, नेपाल बेल्जियम प्रतिनिधि बिजय बिक्रम शाही , लोकतान्त्रिक मन्च बेल्जियमका बिपिन खड्का ,वयोवृद्ध थाना बहादुर महत , ईन्द्र धनुस क्लवका अध्यक्ष अनन्त गुरुङ,   जनप्रगतिशिल मन्चका प्रतिनिधि नरेन्द्र बस्नेत लगाएत बेल्जीयमका अन्य बिभिन्न राजनीतिक एबं सामाजिक संघ संस्थाका पदाधिकारीहरुद्धारा बाग्लुङ समाज बेल्जीयमको सफलताको कामना  गर्नु भएको थियो ।
     

No comments:

Post a Comment

kushmabajar.blogspot.com