कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

हराइरहेका चितवनका तीन बालक अझै फेला पर्न सकेको छैन


 एक हप्तादेखि हराइरहेका चितवनका तीन बालक अझै फेला पर्न सकेको छैन । पूर्वी चितवनको वीरेन्द्रनगरस्थित साकुरा एकेडेमीमा अध्ययनरत तीन बालकको अवस्था एक सातादेखि अज्ञात छ । आफन्त र प्रहरीले उनीहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला नपरेको चितवन प्रहरीले जनाएको छ । हराइरहेकाहरूमा चितवन-वीरेन्द्रनगर निवासी १२ वर्षीय सुनिल अधिकारी, ११ वर्षीय सन्दीप गौतम र १० वर्षीय किरण राई रहेका छन् । उनीहरू कक्षा तीन र चारमा अध्ययनरत विद्यार्थी हुन् । स्कुल जान भनी हिँडेका उनीहरू घर नफर्किएको उनीहरूका आफन्तजनले बताएका छन् ।

ती बालकलाई अपहरण गरिएको हो वा होइन खुल्न नसकेको चितवन प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ । खोजी गरिदिन प्रहरी प्रशासन, नागरिक समाज, पत्रकारलगायतसँग परिवारजनले अपिल गरेका छन् । स्कुलका शिक्षक राम पन्तले बालक हराएको बारेमा परिवारजनले भनेपछि मात्रै थाहा पाएको बताउनुभएको छ ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com