१०१ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बागलुङको राङखानीमा जनचेतनामुलक र् याली तथा सभा सम्पन्न भएको छ ।
नमुना आमा समूह राङखानी ७ पाही बागलुङको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ६ र ७ मा बिभिन्न जनचेतनामुलक प्ले कार्ड र नाराहरु सहित गाउ परिक्रमा गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका एरिया सह सचिव कुमारी नेपालीले महिलाको हक अधिकार सुनिश्चितताका लागि संविधानमै आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एचआइभि एड्स राष्ट्रिय महासघंका जिल्ला सदस्य रामचन्द्र आर्चाय धौलागिरी आमा समूह रांखानीका अध्यक्ष कमला शर्मा खिरा केसी राष्ट्रिय जनमोर्चा ग्राम समितिका नन्दलाल शर्मा अखिल नेपाल महिला सघंका सिता आर्चाय शिक्षिका नामकला शर्मा बिद्यार्थी दिपा थापा लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नमुना आमा समूहका सदस्य चित्रा थापाको अध्यक्षताजनजाति महिला समूहका सचिव लिला थापाको स्वागत र कोषाध्यक्ष पुतली पुनको साचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com