शुक्रबारको महाभूकम्प र सुनामी प्रभावित क्षेत्र सेन्दाईमा रहेका केही नेपालीहरु सम्पर्कविहीन भएका छन् । टेलिफोन सम्पर्क स्थापित भएपछि जापानमा रहेका संघसंस्थाले टेलिफोन सम्पर्क गरेर उनीहरुबारे खोजी सुरु गरेका छन् । तर सम्पर्कमा आउन नसकेकाहरु शिविरमा बसेको हुनसक्ने भएकाले अहिले नै केही भन्न नसकिने एनआरएन जापानका अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।
दूतावास, एनआरएन, जनसम्पर्क समिति लगायतले सुनामीपिडीहरुको तथ्याङ्क संकलन सुरु गरेका छन् । पिडीत हुनसक्ने सम्भावित नेपालीको उद्धार र सूचना संकलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेपाली राजदूतावासमा अहिले छलफल भइरहेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com