पोखराको फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालका एक कर्मचारीले विद्यार्थीको शिक्षण शुल्कबाट सङ्कलित झण्डै आधा करोड रुपैयाँ लिएर फरार भएका छन् । सम्बन्धित विद्यार्थी र तिनका अभिभावकले स्कूल अफ नर्सिङ्ग कार्यक्रमको अफिस एसिष्टेण्ट सुनिल शर्मा पौडेलले विद्यार्थीबाट सङ्कलित शुल्क खातामा नचढाई आफूले लिएर फरार भएको आरोप लगाएका हुन् । प्रमाणपत्र तहको नर्सिङ्ग दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरुका २७ जना अभिभावकले संयुक्तरुपमा हस्ताक्षर सङ्कलन गरी पौडेलको तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेका छन् । विद्यार्थी दीक्षा जिसीका दाजु सविन जिसीले आफूले बहिनीको शुल्क नियमितरुपमा बुझाउदैआएकामा रकम पौडेलले खातामा नचढाई रकम हिनामिना गरेको दाबी गर्नुभयो । मणिपाल कलेजले विद्यार्थीलाई शुल्क बुझाउनका लागि सूचना जारी गरेपछि अधिकांश विद्यार्थीहरुले आफूले शुल्क तिरेको कलेज प्रशासनसाग प्रमाण देखाएपछि रहस्य खुलेको हो । एकजना अभिभावकले रु दुईलाख रुपैयाँसम्म शुल्कवापत् रकम बुझाएका छन् । यसरी हेर्दा कूल रु ३७ लाखसम्म हिनामिना सम्बन्धित अभिभावकहरुले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कलेज प्रशासनले भने केही दिनभित्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने जनाएको छ । आरोपित सुनिल एक महिनाअघिदेखि नै विदामा रहेको स्रोतले जनायो
No comments:
Post a Comment
kushmabajar.blogspot.com